Homeसमाचारबर्षातका कारण आइतबारदेखि तीनदिन बिद्यालय बन्द

बर्षातका कारण आइतबारदेखि तीनदिन बिद्यालय बन्द

झापा असाेज । अबिरल वर्षातका कारण बिर्तामोड नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालय बन्द गर्ने निर्णय गरेकाे छ । नगरपालिकाकाे शनिवार बसेकाे बैठकले अबिरल वर्षातका कारण हुन सक्ने जाेखिमलाई मध्यनजर गर्दै असाेज १३ गते विद्यालय बन्दकाे निर्णय गरेकाे जनाईएकाे छ ।

यसैबीच शनिवार नै मन्त्री परिषदकाे बैठकपछि संघीय सरकारले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय सरकारहरूलाई अनुरोध गरेको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाढीपहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्न पालिकाहरूलाई अनुरोध गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले शनिबार अपराह्न विज्ञप्ति जारी गर्दै बाढीपहिरोको असर सबैतिर परेको भन्दै तीन दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई आग्रह गरेका छन्।

देशभर अविरल वर्षाका कारणले विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको, दैनिक जीवनयापनमा समेत कठिनाइ भएको तथा बाढीपहिरोमा परेकालाई विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपरेकोले तीनदिन विद्यालय बन्द गर्न अनुरोध गरिएको प्रवक्ता भट्टराईले बताए।

मन्त्रालयले  भौतिक क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा पठाउनसमेत अनुरोध गरेको छ।

साथै, मन्त्रालयले हाललाई विश्वविद्यालय, परिषद्लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न पनि अनुरोध गरेको छ। 

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबर्षातका कारण आइतबारदेखि तीनदिन बिद्यालय बन्द
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img