भद्पुर १५ असोज । सामान्यतया घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म विदा हुने अदालत यसवर्ष ६ दिन मात्र बिदा हुने भएको छ । झापा जिल्ला अदालतले मंगलबार सूचना सार्वजनिक गदैृ असोज १७ गतेदेखि ३० गतेसम्ममा ६ दिनमात्र विदा हुने जनाएको छ ।
दशैंमा १५ दिनसम्म बन्द रहने अदालत यो वर्षभने अन्य सरकारी कार्यालयको सार्वजनिक विदा सो सरह हुने भएको सूचनामा उल्लेख छ । दशैंका मुख्य ६ दिन बाहेक बिहान ११ बजे देखि दिनको ३ वजेसम्म अदालत खुल्ला रहने जनाइएको छ।
न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्न र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पुर्जी जारी गर्ने कार्यका लागी अदालत खुला रहने अदालत प्रशासनले जनाएको छ।