Homeसमाचारघुस लिएकाे आराेप लागेका वडाध्यक्ष निलम्बित

घुस लिएकाे आराेप लागेका वडाध्यक्ष निलम्बित

बिर्तामोड १० असाेज । बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन्।
सेवाग्राहीसँग घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै ओलीलाई निलम्बन गरिएको हो। वडा अध्यक्ष ओलीले भारतीय नागरिक अमरनाथ चौहानसँग ८०००० घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत काठमाडौँबाट म्याद थप भई आएको र थुनामा रहेका ओली लाई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग का अनुसन्धान अधिकृत ज्ञानमञ्जरी शर्मा ले जनाएका छन्।
सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वत निलम्बन मा रहने कानुनी प्रावधान रहेकाले वडा अध्यक्ष ओलीलाई निलम्बन गरिएको बताइएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारघुस लिएकाे आराेप लागेका वडाध्यक्ष निलम्बित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img