HomeFeatured 2द एभरेष्ट सहकारीको खुद नाफा ४३ लाख ८१ हजार ९२८ रुपैयाँ

द एभरेष्ट सहकारीको खुद नाफा ४३ लाख ८१ हजार ९२८ रुपैयाँ

बिर्तामोड ८ असोज । द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभा अन्तर्गत वबर्तामोड सेवाकेन्द्रस्तरको साधारणसभा आज विर्तामोडको अतिथि सदनमा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं विर्तामोड नगरपालिका वडा नं–५ का अध्यक्ष रोहित प्रसाईले सहकारी संस्था स्थापना गरी रकम अपचलन गर्ने र राजनीतिक मुद्धा बनाउने गलत प्रवृत्ति हाबी भएकोप्रति सचेत हुन आग्रह गरे।
सहकारी संस्थाहरुले घरजग्गा, सवारी साधन, मोवाइल खरिदजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दा ऋण असुलीमा समस्या हुने बताउँदै उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी बढाएर अनुत्पादक क्षेत्रको लगानी निरुत्साहित गर्न आग्रह गर्नुभयो । ऋण लिने ब्यक्तिले पनि समयमा तिर्नुपर्छ भन्ने इमान्दारिता प्रस्तुत गर्न उनको सुझाव छ ।
कार्यक्रमका विशेष अतिथि एवं उद्योग बाणिज्य संघ विर्तामोडका अध्यक्ष राजु न्यौपानेले सहकारी जनतासँग प्रत्यक्ष जोडिएको विषय भएको बताउँदै सबैको पूँजी सुरक्षित राख्न सञ्चालकहरुलाई इमान्दार हुन सुझाव दिनुभयो । न्यून ब्याजदरमा काम गरे शेयर सदस्य, ऋणी, संस्था र ब्यवसायी सबैलाई लाभ हुने उनको भनाई थियो ।
अध्यक्ष दिपक खरेलले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०८०–०८१ मा ४३ लाख ८१ हजार ९२८ रुपैयाँ खुद मुनाफा गरेको जानकारी दिए । संस्थाको प्रतिवेदनमा शेयर पुँजी ५ करोड, कर्जा लगानी २५ करोड २० लाख, निक्षेप २० करोड २० लाख रहेको उल्लेख छ ।
दमकमा मुख्य कार्यालय रहेको संस्थाको हाल बुधबारे, विर्तामोड, सुरुङ्गा, उर्लाबारीमा सेवाकेन्द्र रहेको संस्थाका ब्यवस्थापक धर्मानन्द भट्टराइले बताए ।
अध्यक्ष खरेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा स्वागत सचिव ज्ञाननाथ पौडेल र सञ्चालन ब्यवस्थापक भट्टराइले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2द एभरेष्ट सहकारीको खुद नाफा ४३ लाख ८१ हजार ९२८ रुपैयाँ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img