Homeसमाचारघुस लिने वडाध्यक्ष डिल्लीप्रसाद ओली र दिने चौहान बिच अख्तियारको अनुसन्धान शुरु

घुस लिने वडाध्यक्ष डिल्लीप्रसाद ओली र दिने चौहान बिच अख्तियारको अनुसन्धान शुरु

बिर्तामोड ८ असोज । घुस रकमसहित बिर्तामोडबाट पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली र घुस दिने भारतको सिलिगुडी निवासी अमरनाथ चौहानको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोली छानविनका लागि बिर्तामोड आइपुगेको छ ।
घुस रकमसहित पक्राउ परेका ओली र घुस दिने भारतको सिलिगुडी निवासी अमरनाथ चौहानमाथि आयोगको टोलीले बुझ्ने काम भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रकाश विष्टले जानकारी दिए ।
पैसा नदिए जग्गाको काम नहुने भन्दै वडाध्यक्षले रकम माग गरेपछि ८० हजार घुस दिएको अमरनाथले बताएका छन् । बिर्तामोडस्थित हनुमान सेन्ट्रलबाट वडाध्यक्ष ओलीले घुस लिंदालिंदैको अवस्थामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले पत्रकारहरु सहितको सहयोगमा नियन्त्रणमा लिएका हुन् ।
घुस सम्बन्धीको विषय प्रहरीको क्षेत्राधिकार भित्र नपरेकोले अनुसन्धान टोलीले पक्राउ परेकालाई के गर्छ ? आफूले केही पनि भन्न नसक्ने इलाका प्रहरी कार्यालय प्रमुख विष्टले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारघुस लिने वडाध्यक्ष डिल्लीप्रसाद ओली र दिने चौहान बिच अख्तियारको अनुसन्धान शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img