बिर्तामोड ३ असोज । श्रीमान–श्रीमतीबीच भएको आर्थिक कारोबार झुट र घरेलु हिंसाका कारण झापा बुद्धशान्ति–३ की गीता पाण्डे सापकाेटा घर छाेड्न बाध्य भएकी छन् ।
आफू र आफ्ना माइतीतर्फका आफन्तबाट पैसा हात पारेपछि जुन प्रयोजनका लागि रकम लिइएको हो सो सर्त अनुसार व्यवहार नगर्नुका साथै आफ्नो(श्रीमान) नाममा भएको सम्पत्ति समेत लुकाउने तथा नभएको ऋण देखाउन थालेपछि अर्काको घरमा शरण लिन बाध्य भएको बुद्धशान्ति–३ की गिता पाण्डे सापकोटाले बताइन् ।
बुद्धशान्ति–३ निवासी भूमिनाथ सापकोटाकी कान्छी श्रीमती गीताले आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा आफूमाथि अन्यायपूर्ण र हिंसात्मक व्यवहार भएको भन्दै सञ्चारकर्मीसहित उपस्थित सबैसंग न्याय दिलाई दिन आग्रह गरिन् ।
भूमिनाथ र गिताबीच गिताले जापानमा बैदेशिक रोजगारीमा रहँदा पठाएको १५ लाख र गिताकै नातेदार दाजु नेत्रप्रसाद पाण्डेले पठाएको ३० लाख रुपैयाँका कारण विवाद उत्पन्न भएको देखिन्छ । बिहे पूर्व नै आमाको स्याहार आफूले गर्ने जिम्मेवारी लिएकी गिताले बिहेपछि पनि आमालाई आफूसंगै राख्ने र हेरचाह गर्ने सर्त भूमिनाथसंग राखेको र उक्त सर्तमा भूमिनाथले सहमति जनाएका थिए । सोही सहमति अनुसार गिताकी आमाका नाममा गुल्मीमा रहेको जग्गा बेचेर नेत्रप्रसादले भूमिलाई ३० लाख रुपैयाँ पठाएका थिए । तर, पैसा हात परिसकेपछि आफूमाथि अन्यायपूर्ण र छलकपट पूर्ण ब्यवहार गर्ने मात्रै नभई कुटपिट समेत गर्ने गरेको गिताले बताइन् ।
उनका अनुसार
आदरणिय पत्रकार मित्रहरु, आम संचार कर्मीहरु साथै झापा जिल्लावासी आमाबुवा दिदी वहिनी र दाजुभाइहरु यो पत्रकार सम्मेलन माफत म गिता पाण्डे सापकोटा माथि भएको अन्यायपूर्ण व्यबहार र घरेलु हिंसा लाई तपाईहरु मार्फत सार्वजनिक गर्न लागिरहेको छु। म गिता पाण्डे सापकोटा गुल्मी जिल्ला सत्यवती गा पा वडा नम्बर १ माइती घर भई झापा जिल्ला बुध्दशान्ति ३ सयपत्री टोल स्थायी बसोवास गर्ने भूमिनाथ सापकोटा संग मिति २०७८ भाद्र २६ गते काठमाडौको चाबहिलमा रहेको गणेश मन्दिरमा हाम्रो परम्परा अनुसार विवाह गरेका हौ। मेरा श्रीमान् को पहिलो श्रीमती स्मिता ओझा सापकोटाको क्यान्सर रोगका कारण निधन भएपछि दोस्रो श्रीमतीको रुपमा भित्रिएको हूँ। म विगत ७ बर्ष देखि जापानमा वैदेशिक रोजगारीमा रहेर काम गर्दै मेरी आमाको पालनपोषण र अनाथ बच्चीलाई छोरी मानेर उनको शिक्षा को सम्पूर्ण व्यवस्थापन गरिरहेकी थिए । विभिन्न सम्पर्क माध्यमबाट भूमिनाथ सापकोटा मेरो सम्पर्कमा आउनुभयो र म अनुसन्धान विभागको डिएसपी हुँ भनेपछि पढेलेखेको मानिस रहेछन् भन्ने ठाने र केहि व्यक्तिहरुको सिफारिसको आधारमा वंहा असल व्यक्ति हुनुहुन्छ भन्ने ठम्याइका कारण विवाह गर्ने निर्णयमा पुगे पछि जापानबाट दुई पटक गरेर भुमिनाथ सापकोटा लाई १५ लाख रुपैया पठाएको हुँ। विवाह पश्चात मिति २०७८ असोज १० गते मेरा नातेदार दाजु नेत्रलाल पाण्डे ले ३० लाख रुपैया भुमिनाथ सापकोटा लाई पठाएको ाएको हो। हो। यि सवै पैसाहरु बाट मेरा नाममा जग्गा किनिदिन्छु भनि पैसा लिनुभयो र जम्मा १३ लाखको १० धुर जग्गा मात्र मेरो नाममा पास गर्न भयो। जब पैसा बहाको हातमा पर्यो त्यसपछि घरेलु हिंसा शुरु गर्नुभयो। आफ्नो नाममा भएका सम्पतिहरु लुकाउन थाल्नुभयो। मलाई देखाएर घर छेउको जग्गा किन्ने हो यो जग्गा तिम्रो नाममा पास गरिदिन्छु भनेको जग्गा समेत भुमि नाथ सापकोटा की नाममा रहेको जग्गा जेठो दाज् युवराज सापकोटा को नाममा गएको २०८१ असार १३ गते पास गरेको देखियो। दाजु संग लिदै नलिएको ऋण देखाएर बदनियतपूर्ण तरिकाले दाजुको नाममा जग्गा सारेको पाइयो। सामाजिक दबाव पछि यहि २०८१ भाद्र १६ गते भूमि नाथ के नाममा फितां पास गरेको देखिन्छ। भर्खरै प्राप्त सुचना अनुसार ४२ लाख भन्दा माथी हालेर किनेको गाडी २२ लाखमा बेचें भनेर माननिय सबिना बजगाई लाई भनेको पाईयो यसरी जसरी पनि सम्पति लुकाउने षड्यन्त्र गरेको देखिन्छ। विवाह पूर्व म प्रणामी धर्म मान्ने व्यक्ति होइन तर परिवार संग घुलमिल हुनका लागि आस्थापूर्वक प्रणामी धर्म अँगालि सकेपछि सिनो खान नपाएर दुब्लाएकी जस्ता दुर्वाच्य शब्दहरू प्रयोग गरि होच्याउने र अपमानित गर्ने, कुटपिट गर्ने, घरमा चाहिने आवश्यक सामानहरू कहिल्यै नल्याउने यसरी घरेलु हिंसामा उत्रिसके पछि मेरो आफ्नो ज्यानको सुरक्षाको लागि बाध्य भई बुद्धशान्ति ३ निवासी निर्मल पाण्डे लाई बुबा मानेर शरण लिई मिति २०८१ साउन ४ गते बाट वस्तै आएको छ। किन एक्कासी घर छोड्न बाध्य हुनुपर्यो मैले प्राप्त सुचनाहरुका आधारमा बिगतमा आफ्नै माईला दाजु श्याम सापकोटा लाई सांघातिक हमला गरेर भागेर ईण्डिया गई गई बसेको थाहा पाए। आफ्नै वृध्द ८५ बर्षका बुवालाई निन्द्रा लगाउने औषधि डाक्टर को सल्लाहमा एकपटकमा आधा ट्याब्लेट खुवाउनु पर्नेमा जेठो दाजु युवराज सापकोटा र भुमिनाथ सापकोटा मिलेर एकैपटक ४ वटा सम्म खुवाएको सुन्नमा आयो। पहिलो श्रिमति शुस्मिता ओझा सापकोटा लाई कयौंपटक कुटेका कुराहरु छोरीहरु, छिमेकी र आफन्तहरु बाट थाह पाए। भुमिनाथ सापकोटा बाट आफ्नै छोरीहरु समेत सुरक्षित छैनन् भन्ने जस्ता हल्लाहरु गाउँघर छिमेक र आफन्तहरु वाट सुनिसके पछि अपराधिक मानसिकता भएको मानिसले जुनसुकै बेला घट्ना घटाउन सक्ने हुनाले सुरक्षित ठाऊँमा गई बिद्रोह गरि न्याय को लागि लड्न वाध्य भएको हैं। सबैभन्दा पहिले मैले पारिवारिक वातावरणमा यो समस्या लाई हल गर्न अनुरोध गरे मैले बिवाह पूर्व कमाएको सम्पतिले मेरि आमा, मैले पालेकी छोरी लाई पनि पालनपोषण र रेखदेख गर्ने जिम्मेवारी संगै मेरो यहाको घरव्यवहार पनि चलाउनु थियो तर तिमीले कमाएको पैसा चाहिने हो भने एक हातमा डिभोर्स पेपर र अर्को हातमा तिम्रो पैसाले किनेको जग्गा को धनि पुर्जा पाउनेछौ भन्ने वंहाका दाजुहरू सहित पारिवारिक दवाव आयो। त्यसपछि सामाजिक भेला र गाँउपालिका को न्यायिक समितिमा छलफल भयो। समाज र न्यायिक समितिले निकासको लागि दिएका निर्णय र सुझावहरु लत्याउँदै हिंड्नुभयो । अरु कसैको घरमा शरण लिएर अदालतको चक्कर काट्दै वर्षों वर्ष सम्म न्यायको निम्ति भौतारिने स्थिती मेरो छैन। यसरी म माथि भएको घरेलु हिंसा र मैले दुख गरेर कमाएको सम्पति माथि गिध्दे नजर लगाउने भूमि नाथ सापकोटा को कर्तुतहरु लाई पर्दाफास गर्दै सामाजिक र कानुनी न्यायको लडाईमा सबैको साथ र सहयोग लागि हार्दिक अपिल गर्दछ साथै छिटोछरितो ढंग बाट न्याय सम्पादन का लागि पहल लिइदिनुहुन सबै संग विशेष अनुरोध गर्दछ। मेरो पिडा र म अन्यायमा परेको कुरालाई बुजेर मलाई साथ र सहयोग दिनुहुने र यो अभियानमा जोडिनु भएका राजनैतिक दलहरु, जनप्रतिनिधिहरु, सामाजिक व्यक्तिहरु, पत्रकार मित्रहरु र आफन्तहरु सबैमा विशेष धन्यवाद दिन चाहन्छु । अन्त्यमा म विशेष जोड दिएर भन्न चाहान्छु जुन घरमा आफ्नै बुबाबाट छोरीहरु असुरक्षित हुन्छन् त्यहि घरमा म कसरी सुरक्षित हुन सक्छु? यो विषयलाई गम्भिरतापूर्वक लिई दिनुहुन अनुरोध गर्दछु ।
तपाईहरु को छोरी, बहिनी
गिता पाण्डे सापकोटा
बुध्दशान्ति ३ झापा
पैसा हात परिसकेपछि भूमिनाथले गितामाथि घरेलु हिंसा कुटपिट गर्न थालेपछि हाल उनी छिमेकीकोमा शरण लिंदै आएकी गीताले भनिन्–‘क्यान्सर पीडित आमा मेरो जिम्मामा हुनुहुन्थ्यो, बिहे गरेपछि आमालाई पनि आफूसंगै राख्ने र हेरचाह गर्ने कुरामा भूमिले सहमति जनाएपछि गुल्मीमा आमाका नाममा रहेको जग्गा बेचेर ३० लाख रुपैयाँ दिइएको थियो ।’
भूमिनाथ र उनका दाजु युवराजका बारेमा गाउँ, छरछिमेक र आफन्तबाट समेत राम्रो कुरा नसुनिनु र आफूमाथिको व्यवहार पनि हिंसात्मक भएका कारण ज्यान जोगाउनका लागि छिमेकीकोमा बस्दै आएको गिताले बताइन् । ‘ममाथि पटक पटक आक्रमण भयो त्यो बेला छोरीहरुले बचाए ।’ उनले भनिन्–‘अहिले मेरा अनावश्यक कुरा लगाएर छोरीहरुलाई पनि मबाट टाढा बनाउँदैछन्’ उनले थपिन्–‘त्यस्ता क्रिमिनलसंग कसरी बस्नु ?’ भूमिनाथका जेठी श्रीमतीका २ वटी छोरी छन् ।
गितामाथि अन्याय भएको आफन्त तथा महिला नेतृ मुना भट्टराईले बताइन् । व्यवहार मिलाउनका लागि आफूले प्रयत्न गरेपनि भूमिनाथले नसुन्ने गरेको बताएकी मुनाले न्यायका लागि सहयोग गर्ने बताइन् ।
गिता र भूमिराजको आर्थिक कारोबार तथा हिंसाको घटनाबारे छरछिमेक,समाज हुँदै बुद्धशान्ति गाउँपालिकामा समेत छलफल भइसकेको मुना दाहालले जानकारी दिइन् । छलफलमा पनि गम्भिर नभएको बताउँदै मुनाले भनिन्–‘अध्यक्षले तिमी त सर्वाङ्ग भयौं भयौं हामीलाई पनि नाङ्गो बनायौं भन्दापनि के भयो त भनेर बोलीले लिच्चडपन देखायो ।’
पत्रकार सम्मेलनमा ठूलो संख्यामा उपस्थित स्थानीयले गितालाई न्याय दिलाएरै छाड्ने बताए । सहज रुपमा न्याय नपाए सामाजिक न्याय र जनदवाव दिन पनि तयार रहेको बताउँदै १० दिन भित्रमा सम्पर्कमा आएर गितालाई न्याय दिन भूमिनाथलाई उपस्थितले अनुरोध समेत गरेका छन् ।
श्रीमानको झुट र हिंसाका कारण बुद्धशान्तिकी गिता घर छाेड्न बाध्य

































































































