भद्रपुर ३ असोज । हनुमान टोल विकास संस्थाको अध्यक्षमा पुनः खड्गबहादुर बुढाथोकीको चयन भएका छन् । संस्थाको चन्द्रगढीमा सम्पन्न तेस्रो बार्षिक साधारणसभासहितको अधिवेशनले बुढाथोकीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समिति उपाध्यक्षमा गिता कोईराला, सचिवमा रेखा अधिकारी , सह सचिवमा सविना गाैतम र कोषाध्यक्षमा खुमहरि तिम्सिना चयन भएका छन् । आगामी २ वर्षे कार्यकाल लागि गठित समितिको सदस्यहरुमा पुष्पा घिमिरे , निर्मला खरेल ,लिला राउत, लक्ष्मी आचार्य खतिवडा, भक्तबहादुर लिम्बू र वीरबहादुर थापालाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
सभाले टोल विकास संस्था भित्र रहनु भएको जेष्ठ ९१ वर्षको बुबा नरकेशर पाण्डे र ८९ वर्षीय ईन्द्रकुमारी कट्वाललाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । यस अघि सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि भद्रपुर नगरपालिका १० का वार्ड अध्यक्ष टेक बहादुर खड्का ,नगरपालिका समाजिक शाखा प्रमुख जिवनकला राउत, नयाँनाथ पाण्डे ,काशीनाथ घिमिरे, सहिद चोक टोल बिकास संस्था अध्यक्ष ढाकालाल अधिकारी, वडा सदस्य दुर्गा दाहाल लगायतले मन्तव्य राखेका थिए। अध्यक्ष बुढाथोकीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममाको संचालन सह सचिव रेखा अधिकारी र स्वागत उपाध्यक्ष देविमाया अधिकारीले गरेकी थिइन् ।
हनुमान टोल विकास संस्थाको अध्यक्षमा पुनः बुढाथोकी

































































































