HomeFeatured 2सिम्रिक साकोसको साधारणसभा सम्पन्न

सिम्रिक साकोसको साधारणसभा सम्पन्न

विर्तामोड २ असोज । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारणसभा मूल माइनट प्रमाणीकरण भेला विर्तामोडमा सम्पन्न भएको छ । सेवाकेन्द्रस्तरमा सम्पन्न साधारणसभाबाट छनौट भएका प्रतिनिधिहरुले मूल आज आयोजित कार्यक्रमका बीच संस्थाको बार्षिक नीति तथा कार्यक्रम पारित गर्दै मुल माइनट प्रमाणित गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं विर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले धेरै सहकारीको सदस्यता लिनुभन्दा एउटै संस्थामार्फत बचत तथा ऋण कारोबार गर्नु उपयुक्त हुने धारणा राख्नुभयो । सहकारीमा बढेको ठगीप्रति सचेत रहँदै शेयरसदस्यको आर्थिकस्तर बृद्धिका लागि संस्थाहरुले भुमिका खेल्नुपर्नेमा उहाँको जोड थियो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्षोत्कृष्ठ पत्रकारका रुपमा प्रदिप परियार र विष्णु पौडेललाई नगद १० हजार र सम्मानपत्रसहित सम्मान गरिएको थियो । यसैगरी मधुमल्ला र धुलाबारी सेवाकेन्द्रलाई उत्कृष्ठ सेवाकेन्द्रका रुपमा नगद १५ हजारसहित सम्मान गरिएको कार्यक्रममा संस्थामा उत्कृष्ट कारोबार गर्ने कमल पाण्डे, अजय साह, विरबहादुर राई र फुलमाया तामाङ, पर्शुराम बस्नेतलाई सम्मान गरिएको थियो । कार्यक्रमका बीच संस्थाले यसअघि सञ्चालन गरेको सिलाईकटाइ तालिमका उत्कृष्ठ सहभागी बब्ली खातुनलाई लुगा सिलाउने मेसिन प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका केशव बस्नेत, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, निर्वाचन समितिका संयोजक पवन कार्की, सदस्य डिल्ली दाहाल लगायतले बोल्नुभएको थियो । सोही क्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै शपथ गराइएको थियो । यसअघि सम्पन्न संस्थाको निर्वाचनले सुवास भट्टराई नेतृत्वको पुरानै कार्यसमितिलाई सर्वसम्मत चयन गरेको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिनुभयो ।
५९ हजार २ सय ६३ शेयर सदस्य रहेको संस्थामा ३१ करोड ७६ लाख ५८ हजार ६ सय शेयर पुँजी रहेको अध्यक्ष भट्टराईको प्रतिवेदनमा उल्लेख छ । झापा, मोरङ, इलाम र पाँचथरमा गरी २५ वटा शेवाकेन्द्रमार्फत सेवा विस्तार गरेको प्रतिवेदनमा उल्लेख छ भने संस्थाले ५ करोड २७ लाख ६५ हजार ७ सय २४ रुपैयाँ नाफा आर्जन गरेको लेखा सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सिम्रिक साकोसको साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img