Homeसमाचारउपभोक्ता अधिकार रक्षाका लागि ६ बुँदे प्रतिबद्धता

उपभोक्ता अधिकार रक्षाका लागि ६ बुँदे प्रतिबद्धता

बिर्तामोड २ असोज । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सामाजिक उत्तरदायित्व पूरा गर्न व्यापारी व्यवसायीलाई सुझाएका छन् ।
नारी सञ्चार गृह झापाको आयोजनामा बिर्तामोडस्थित एनएमसीको सभाहलमा आयोजित संविधानले प्रत्याभूत गरेको खाद्य स्वच्छता, सुरक्षा र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै प्रजिअ बास्तोलाले यस्तो सुझाव दिएका हुन् ।
‘पैसा आउँछ भनेर जे पनि नबेच्नु होस्’–उनले भने–ब्यापारी–व्यवसायीको पनि सामाजिक उत्तरदायित्व त छ नी, त्यो पूरा गर्नुहोस् ।’ जवाफदेही सरकारी निकायका प्रमुख, उपभोक्ता, तरकारी तथा फलफूल व्यवासायी, विक्रेता, होटल व्यवसायी, बेकरी व्यवसायी, उपभोक्ता अभियान्ता, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको कार्यक्रममा सहभागीले खाद्यवस्तुमा हुने मिसावट, कालाबजारी, कार्टेलिङ, कृषि तथा पशुजन्य उत्पादनमा देखिएको विषादी नियन्त्रण लगायतका विषयमा उठाएका प्रश्नको जवाफ दिंदै प्रमुख जिल्ला अधिकारी बास्तोलाले यस्तो आग्रह गरेका हुन् । उपभोक्तको स्वास्थ्यमा गम्भिर असर गर्ने मिसावटयुक्त अखाद्य सामग्री नबेच्न उनको आग्रह थियो ।
‘विषादी विना जनरल उत्पादन असम्भव जस्तै छ’, उनले भने–‘विषादी प्रयोग गर्दा कसरी, कहिले, र कति गर्ने प्राविधिकहरुको सल्लाह लिएर मात्रै विषादीको प्रयोग गर्न र मानव स्वास्थ्यमा असर नगर्ने प्रकृतिका विषादी प्रयोग गर्न उनले उत्पादक किसानलाई सुझाव दिए ।
गृह मन्त्रालयको निर्देशन बमोजिम प्रत्येक महिनामा एकपटक बजार अनुगमन हुने गरेको जानकारी दिंदै उनले एकपटकमा २० भन्दा बढी फर्मको अनुगमन गर्न नसकिने तर गुनासो आएको ठाउँमा २४ सै घण्टा अनुमगनका लागि जनशक्ति तयार रहेको दावी गरे ।


कार्यक्रममा अन्तरसंवादपछि उपभोक्ताको अधिकार रक्षा एवं सचेतनाका लागि ६ बुँदे सामूहिक प्रतिबद्धतासमेत जारी गरिएको छ ।
यस्ता रहेका छन् प्रतिबद्धता ः
– संघीय सरकारका जिल्लास्थित निकाय र स्थानीय सरकारको आपसी समन्वय र सहकार्य मा मानव स्वास्थ्यका लागि हानीकारक बस्तु नियन्त्रणमा पहल गर्नेछौ ।
– नेपाल सरकारले तोकेको बाहेकका कुनैपनि विषादी आयातमा नियन्त्रण गर्दै कृषि एवं पशुजन्य उत्पादनमै शुद्धता ल्याउन पहल गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि भूमिका निर्वाह गर्ने ।
– जैविक विषादी प्रयोगका लागि कृषकहरुलाई प्रोत्साहित गर्न र जैविक विषादी प्रयोगबाट हुने फाइदाका बारेमा सचेतना फैलाउन भूमिका खेल्ने ।
– प्रयोगशाला व्यवस्थापन एवम दक्ष जनशक्ति वृद्धिका जिल्ला प्रशासन कार्यालयले संघीय निकायका जिल्ला स्थित सबै सरकारी निकाय, स्थानीय सरकार र सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गर्ने ।
– चाडवाडको समयमा कृतिम अभाव, मिसावट, मूल्यवृद्धि, कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई निरन्तरता दिदै दोषीलाई स्पोर्ट (ठाउँको ठाउँ) कारबाही गर्ने छौ
– असल कृषि अभ्यास र असल भेटेनरी अभ्यासका लागि आईपीएम पाठशाला सञ्चालन गर्न समन्वय र सहकार्य गर्ने ।


कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका प्रमुख सुवासचन्द्र वस्ती, पशु क्वारेन्टाइन कार्यालय काकरभिट्टाका प्रमुख मुकेशकुमार सिंह, खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका खाद्य प्राविधिक दिनेश ढुङ्गाना, कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष निरजकुमार ओलीलगायतले कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिएको आयोजक संस्थाकी निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले जानकारी दिइन् ।
कार्यक्रममा जावा फलफुल तथा तरकारी उत्पादक संघका अध्यक्ष उमाकान्त ढुंगेल, बेकरी उद्योग व्यवसायी सङ्घका अध्यक्ष सुमन चिमरिया, उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष शालिकराम भट्टराई, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बा, होटल व्यवसायी संघका महासचिव शिवराज पौडेल, सामाजिक अभियान्ता कञ्चना ढकाल सिटौला, तरकारी व्यापारी गोमा दंगालसहित सञ्चारकर्मीहरुले सागसब्जी, फलफुल र पशुजन्य वस्तुको आयातमा विषादीको अवस्था, प्रयोगशाला परिक्षण, बजार अनुगमन लगायतका विषयमा जिज्ञाशा राखेका थिए ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव मायामितु न्यौपाने र सहसचिव जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत दिपा पोखरेलले गरेकी थिइन् भने भने कार्यक्रमको उद्देश्यमाथि प्रकाश संस्थापक अध्यक्ष सावित्रा दाहालले संविधानले सुनिश्चित गरेको खाद्य स्वच्छता र सुरक्षा कार्यान्वयन हुन नसक्दा मानवीय स्वास्थ्यमा गम्भिर समस्या देखिएको तथ्याङ्क प्रस्तुत गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारउपभोक्ता अधिकार रक्षाका लागि ६ बुँदे प्रतिबद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img