भद्रपुर २९ भदौ । २२ हजार ९७५ जना बालबालिकाको संख्या रहेको नेपालकै पुरानो नगरपालिकाको पहिचान बनाएको भद्रपुरका बालबालिकाले आफ्नो क्षेत्रका सांसदसित प्रश्नोत्तर गर्दै ६० औं बाल दिवस मनाएका छन् ।
झापा ३ नम्वर क्षेत्रका संघीय सांसाद राजेन्द्रप्रसाद लिङ्देन तथा कोशी प्रदेश सभा सदस्य छविलाल चुडालसित भद्रपुरका बालबालिकाले शिक्षा क्षेत्रका विकृत पक्ष र सुधारका विषयमा प्रश्नोत्तर गरेका हुन् ।
भद्रपुर ७ वडा बाल सञ्जालका अध्यक्ष नवीन तिम्सिनाको अध्यक्षता तथा संघीय सांंसद राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा भद्रपुरका बालबालिकाले सरकारी शिक्षा र निजी शिक्षाको विभेद, शिक्षालयको दुरावस्था, अंग्रेजी शिक्षाका नाममा भइरहेको व्रम्हालुट, शैक्षिक सुधारमा सरकारी उदासिनता, जीवन उपयोगी तथा व्यवहारिक शिक्षाको आवश्यकता र वर्तमान शिक्षाका विभेदकारी छिद्र अन्त्यको माग गर्दै विद्यार्थीले सांसदसित प्रश्न गरेका थिए ।
बालबालिकाको प्रश्नको उत्तर दिँदै संघीय सांसद राजेन्द्रप्रसाद लिङ्देनले वर्तमान शिक्षा नियमावलीका कारण उत्पन्न विभेद अन्त्य गर्न अर्को ऐन संसदमा छलफलमा रहेको भन्दै सरकारी र निजी शिक्षाको विभेद अन्त्यको वातावरण बनाउन लागि पर्ने प्रतिबद्धता जनाएका छन् । राप्रपा अध्यक्ष समेत रहेका लिङ्देनले सरकारी उदासिनताले शिक्षामा आमूल परिवर्तन नभएको भन्दै अबको पुस्ता नेपालमै बस्ने वातावरण बनाउन आफू संघर्ष गरिरहेको जानकारी दिए ।
यस्तै प्रदेश सभा सदस्य छविलाल चुडालले शिक्षा सरकारी र निजी नहुने भन्दै कुनै विभेद सिर्जना गर्ने गरी शिक्षाको अवधारणा नआएको बताए । सरकारी तथा निजी शिक्षालयका विकृति अन्त्य होस् भनेर शिक्षा सञ्चालनको अधिकार पूर्ण रूपमा स्थानीय सरकारलाई दिएको भन्दै स्तरीय शिक्षाको वातावरण बनाउन तीन तहकै सरकार जिम्मेवार हुने धारणा राखेका थिए ।
नगर युवा परिषदका अध्यक्ष आरोग्य तिम्सेनाले सहजीकरण गरेको कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलले धारणा राख्दै पछिल्लो समय बालबालिका लागुऔषधको दुव्र्यसनमा फस्न थालेको भन्दै यस्ता विकृतिमा बालबालिका फसाउनेहरूसित सावधान हुन आग्रह गरेका थिए ।
बाल दिवसको अवसरमा भद्रपुरमा सांसदसित बालबालिका

































































































