HomeFeatured 2भानुभक्ति स्मृति ग्रन्थ लाेकार्पण

भानुभक्ति स्मृति ग्रन्थ लाेकार्पण

बिर्तामोड २९ भदौं ।  भानुभक्त र भक्तिमाया तिम्सिनाको संघर्षमय जीवन कथामा आधारित भानुभक्ति स्मृति ग्रन्थको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।
भानुभक्ति तिम्सिना स्मृति प्रतिष्ठानको आयोजनामा बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजित विशेष कार्यक्रमका बीच प्रमुख अतिथि ब्यासाचार्य दुर्गाप्रसाद खतिवडासहितका अतिथिहरुले स्मृतिग्रन्थको लोकार्पण गरेका हुन् ।
कमजोर आर्थिक अवस्थाबाट जीवनलाई सबल बनाउनका लागि गरेको संघर्ष र  सबल भएपछि उहाँहरुले सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गरिएको छ ।
लोकार्पित कृतिमाथि समीक्षा गर्दै समिक्षक भिम दाहालले भानुभक्ति स्मृति प्रतिष्ठानले गरेको कामले जन्मदातालाई सदा जीवन्त राख्नुका साथै अग्रजहरुले गर्नु परेको संघर्षमय कथाको पुस्तान्तरण समेत हुने बताए ।
दाताराम तिम्सिनाको अध्यक्षता तथा ब्यासाचार्य दुर्गाप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद तिम्सिनाले गरेका थिए ।
साहित्यकार कोमलप्रसाद पोखरेल, बासुदेव खनाल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा हरिहर आश्रमका बटुकले स्वस्ति वाचन गरेका थिए ।
केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्मृति ग्रन्थ प्रकाशनको महत्वबारे डा. पुन्यप्रसाद सिग्देलले प्रकाश पारेका थिए । स्मृतिग्रन्थमा २२ जनाको लेख समेटिएको छ । 

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भानुभक्ति स्मृति ग्रन्थ लाेकार्पण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img