Homeसमाचारउपभोक्ता जागरण अभियान नेपालको केन्द्रीय अध्यक्षमा भण्डारी, जिल्लामा भट्टराई

उपभोक्ता जागरण अभियान नेपालको केन्द्रीय अध्यक्षमा भण्डारी, जिल्लामा भट्टराई

बिर्तामोड २९ भदौ । उपभोक्ता जागरण अभियान नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले पुनः कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
झापाको बिर्तामोडमा आज सम्पन्न उपभोक्ता जागरण अभियान नेपालको तेस्रो केन्द्रीय राष्ट्रिय अधिवेशनले अध्यक्ष मार्सेलीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षहरुमा सुशीलाकुमारी दवाडी सुवेदी, राजेन्द्रकुमार घिमिरे र रोहितकुमार दाहाल, महासचिवमा चिन्तामणि पराजुली, सचिवद्वयमा शान्ता घिमिरे र रामजनक कटुवाल, सहसचिवमा बद्रीविशाल घिमिरे र कोषाध्यक्षमा केशवप्रसाद चापागाई चयन भएका छन् । समितिको सदस्यहरुमा लक्ष्मण थापा, सहदेवप्रसाद बाँस्तोला, मणिकुमार अर्याल, यज्ञ शर्मा, मोहन काजी, निलकण्ठ तिवारी, मुरारी वस्ती र प्रेमप्रसाद घिमिरे रहेका छन् ।
यसैगरी आजै सम्पन्न उपभोक्ता जागरण अभियान नेपाल झापाको प्रथम अधिवेशनले शालिकराम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
बिर्तामोडमा सम्पन्न पहिलो जिल्ला अधिवेशनले अध्यक्ष भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा इन्द्र ओली, सचिवमा विशाल थापा, सहसचिवमा कल्पना भट्टराई र कोषाध्यक्षमा शेखरनाथ अधिकारी चयन भएका छन् । त्यस्तै गरी सदस्यहरुमा अर्जुन कार्की, कमला शिवाकोटी, धमेन्द्रकुमार गुत्ता, राजन पौडेल, विदुर तिवारी, थिरप्रसाद खतिवडा, उदयनारायण ढुंगाना र रमेश खरेल रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारउपभोक्ता जागरण अभियान नेपालको केन्द्रीय अध्यक्षमा भण्डारी, जिल्लामा भट्टराई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img