भद्रपुर २९ भदौ । झापाको भद्रपुर १० कलवडगुढीमा रहेको नागेश्वर ज्योतिलिङ्ग कल्पेश्वर देउनियाधाम कालीमन्दिर परिषरमा नवनिर्मित शिव मन्दिरको शनिवार उद्घाटन गरिएको छ । नेपाल गौ संरक्षण समिति झापाको अगुवाईमा गत बर्ष शिलान्यास गरिएको मन्दिरको समाजसेवी बयोबृद्ध भरतकुमार सुवेददीले उद्घाटन गरेका हुन् ।
निर्माण समितिका कोषाध्यक्ष डिल्ली दुलालले प्रतिवेदन प्रस्तुत गर्दै स्थानीय विभिन्न दाता महानुभावको दुईलाख ३६ हजार एकसय ६७ रुपैयाँको लागतमा पक्की मन्दिरको निर्माण गरिएको बताए । कार्यक्रममा ज्येष्ठ समाजसेवी सुवेदीलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । समिति अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षयता तथा सचिव कृष्णप्रसाद पाठकले संचालन गरेको कार्यक्रममा समाजेवीहरु देवेन्द्र गौतम भेलागढी वन समिति सचिव लगायतका स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।
नवनिर्मित शिव मन्दिरको शनिवार उद्घाटन

































































































