HomeFeatured 2बिर्तामोडमा फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर संचालनमा

बिर्तामोडमा फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर संचालनमा

बिर्तामोड २८ भदौ । सिलाई कटाई सम्बन्धी सीप सिकेर स्वाबलम्बी र आत्मनिर्भर बन्न चाहने इच्छुक युवाहरुलाई लक्षित गरी झापाको बिर्तामोडमा फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर संचालनमा ल्याइएको छ । बिर्तामोड–५ स्थित कृषिथोक बजार उत्तर पश्चिममा सन्चालनमा आएको सेन्टरको आज एक कार्यक्रमकाबीच बिर्तामोड–५ का वडाअध्यक्ष रोहित प्रसाईले उद्घाटन गरे ।
फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर प्रालिकी सञ्चालक अध्यक्ष सर्मिला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड–५ का वडाअध्यक्ष प्रसाईले रिवन काटेर ट्रेनिङ सेन्टर समुद्घाटन गरेका हुन् ।


ट्रेनिङ सेन्टरमा ३ महिने बेसिक, डिप्लोमा र एड्भन्स टेलरिङ्ग कोर्ष तथा फेसन डिजाइनिङ कोर्स सम्बन्धि तालिम प्रदान गरिने सेन्टरकी सचिव आशा बानियाँ उप्रेतीले जानकारी दिइन। तालिम सेन्टरमा सिटिभिटिबाट मान्यता प्राप्त तालिमहरु संचालन हुनेछन् । त्यस्तै सेन्टरमा विभिन्न डिजाईनिङ ड्रेस र तयारी पोसाकहरु उपलब्ध तथा बिक्री हुने बताइएको छ ।
ट्रेनिङ सेन्टरमा सिटिभिटि लेबल २ पास गरेका होमा डिजाइनरकी प्रोपाइटर सर्मिला अधिकारी, फेसन डिजाइनर तथा आइएनजिओ समुन्नत नेपालमा समेत प्रशिक्षकको रुपमा काम गरेकी आशा बानियाँ उप्रेती, र सिटिभिटि लेबल २ पास गरेकी सविता चौहानले तालिम प्रदान गर्नेछन्।
फेसन डिजाइनिङ क्षेत्रमा करिब २ दशकदेखि सक्रिय रहेका सफल महिला उद्यमीहरुको सक्रियतामा सेटर संचालनमा आएको हो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सर्मिला अधिकारीले फेसन डिजाइनलगायतका सिप सिक्न अब काठमाडौं र इन्डिया जानुपर्ने बाध्यता हटेको बताइन ।
त्यस्तै सचिव आशा बानियाँ उप्रेतीले १७ बर्ष अघिदेखि निरन्तर आफु यहि क्षेत्रमा काम गरेकाले अरुलाई सिकाउनेसंगै आफ्नो सपना पुरा गर्ने उदेश्यले सेन्टर संचालनमा ल्याएको बताए। उनले विगतमा सिलाई कटिङ्ग गर्दा अपमानित हुनुपर्ने अवस्था्देखि आज सम्मान योग्य पेसाको रुपमा हेरिएको र यो व्यवसायको भविष्य रहेको बताइन् ।


कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष रोहित प्रसाई, कृषि बजार कृषिथोकका अध्यक्ष निरज ओली र बिर्तामोड उघोग वाणिज्य संघकी महिला उपाध्यक्ष गोमा भट्टराईले शुभकामना व्यक्त गरे । कार्यक्रममा सतासी सहकारीका अध्यक्ष रुद्रमणि श्रेष्ठ, एबिसी नेपालकी अध्यक्ष कन्चना सिटौला, बिर्तामोड उघोग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी संघकी अध्यक्ष राधिका चुडाल, सुरक्षा महिला दवाबकी महासचिव नैनकला भट्टराई, बिर्तामोड नगरपालिकाकी लघुउद्यम विकास सहजकर्ता चनिमाया तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै व्यवसायीहरु कमल थापा, मोहन मैनाली, प्रेम खड्का, बासुदेव उप्रेती, कल्पमा बानियाँ लगायतको उपस्थिति रहेको थियो । सेन्टरकी सचिव आशा बानियाँ उप्रेतीले संचालन गरेको कार्यक्रममा सदस्य सविता चौहानले स्वागत गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोडमा फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर संचालनमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img