Homeसमाचारनेपाल उद्यमशील महिला संघको अध्यक्षमा पुनः पार्वता

नेपाल उद्यमशील महिला संघको अध्यक्षमा पुनः पार्वता

बिर्तामोड २८ भदौं । नेपाल उद्यमशील महिला संघ झापाको अध्यक्षमा पुनः पार्वता खरेल विमली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी छन् ।
संघको बिर्तामोडमा सम्पन्न सातौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले अध्यक्षमा पार्वतालाई सर्वसम्मत चयन गरेको साधारणसभा तथा निर्वाचन सम्पन्न गराउन गठित अध्यक्ष मण्डलकी संयोजक भीमा शिवाकोटीले जानकारी दिइन् ।


अधिवेशनले बरिष्ठ उपाध्यक्षमा ऐश्वर्या पाण्डे, प्रथम उपाध्यक्षमा यशोदा प्रसाई, द्वितीय उपाध्यक्षमा शुशिला पाठक, महासचिवमा बिना थापा घिमिरे, सचिवमा चन्द्रकला रिजाल भट्टराई र कोषाध्यक्षमा उमा भट्टराई प्रसाई निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा विमला भट्टराई, निरा न्यौपाने कट्टेल, देवी न्यौपाने, अस्मिता राई, देवीका कोइराला खनाल, संगीता चिमरिया, मुना पौडेल, दुर्गा पौडेल, निर्मला चौहान र उमा साह निर्वाचित भएको अध्यक्ष मण्डलका सदस्य यशोदा उप्रेतीले जानकारी दिइन् ।
निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष विमलीले स्थापना कालमा सदस्य अभावमा विधान अनुसार समिति गठन गर्न पनि चुनौति महशुस भएको स्मरण गर्दै संस्थाप्रति सदस्यको बढ्दो लगाव र उत्साहले आफूलाई निरन्तर उर्जा थपेको बताइन् ।
यसअघि साधारणसभाको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगरप्रमुख महताराले महिलाहरुले स्थानीय स्रोत र साधनको सद्पयोग गरेर आत्मस्वाबलम्बी हुन खोज्नु राम्रो पक्ष रहेको उल्लेख गर्दै महिलालाई उद्यमी बनाउन र नगर क्षेत्रमा उत्पादित सामग्रीको प्रवद्र्धनका लागि नगरबाट सकेसम्म सहयोग गर्ने प्रतिवद्धता जनाइन् । जनताका असिमित इच्छा, आकांक्षा र आवश्यकता भएपनि सिमित स्रोत साधनका कारण सबै काम एकै पटक हुन नसक्ने बताइन् ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, आयोजक संस्थाकी सल्लाहकार भीमा शिवाकोटी, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, मेचीनगर उद्योग बाणिज्य संघकी उपाध्यक्ष निर्मला चौहान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशनमा महिला उद्यमी देवी पोखरेललाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
संस्थाकी अध्यक्ष पावता खरेल विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन यशोदा प्रसाई, स्वागत ऐश्वर्या पाण्डे र औचित्यमाथि प्रकाश संगिता चिमरियाले गरेकी थिइन् ।
२०७४ सालमा स्थापना भएको संस्थामा हाल झापा जिल्लाभित्रका ८० जना महिला उद्यमी छन् भने नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षे कार्यावधी रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेपाल उद्यमशील महिला संघको अध्यक्षमा पुनः पार्वता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img