Homeसमाचारनेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा लिलक, नाई संघमा बन्धन

नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा लिलक, नाई संघमा बन्धन

बिर्तामोड भाद्र । नेपाल प्रजातन्त्र सेनानी संघ झापाको सम्पन्न पाँचौं जिल्ला अधिवेशनले अध्यक्षमा लिलक सिटौलालाइ निर्विरोध निर्वाचित गरेको छ । प्रजातन्त्र प्राप्तिका लागि राजनीतिक दल प्रतिबन्धित काल एवं पञ्चायती शासन ब्यवस्थाका विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा होमिएका प्रजातन्त्र सेनानी एवं तिनका परिवारहरुलाई संगठित गर्ने उद्देश्यले नेपाल प्रजातन्त्र सेनानी संघ गठन भएको हो ।
गठित समितिको उपसभापतिमा उत्तमकुमार सुवेदी, सचिवमा पंकज घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ । समितिका सदस्यहरुमा बिलास मल्लिक डोम, कमलप्रसाद राजवंशी, जयबहादुर राई, आसमानसिंह राजवंशी, बलराम तामाङ, ज्ञानमणि भुर्तेल, चक्रप्रसाद सिटौला, टेकनाथ उप्रेती, झुनादेवी बानिया, सूर्य ढुङ्गाना, लुथ्रो हेमरम, तीर्थराज डाँगी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत इन्दु पूर्वेलीले जानकारी दिनुभयो ।
अधिवेशनले रामकुमारी पौडेल, टिकाप्रसाद प्रसाई, विरबहादुर प्रसाई, युद्धराज ओली, शरद शिवाकोटी, यामप्रसाद भण्डारी र श्यामलाल दाहाललाई केन्द्रीय प्रतिनिधिमा निर्विरोध चयन गरेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
निर्वाचित पदाधिकारी, सदस्य एवं केन्द्रीय प्रतिनिधिहरुलाई नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डे, उपसभापति शेरबहादुर भट्टराई, प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य देवीप्रसाद डाँगी, तेजप्रसाद सुवेदी, नरेन्द्रकुमार कार्की, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रञ्जिता कार्की, झापाका पूर्व उपसभापति राम कट्टेललगायतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
अधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तब्य राख्नुहुँदै पार्टीका कार्यबाहक सभापति केशवराज पाण्डेले लोकतान्त्रिक शासन ब्यवस्थाको जग प्रजातन्त्र सेनानीहरुले बसाएको धारणा राख्नुभयो । लोकतान्त्रिक शासन ब्यवस्थामा मात्रै सबैका अधिकार सुनिश्चित हुने बताउँदै उहाँले प्रजातन्त्र सेनानी र उनीहरुको परिवारको स्थितिको तथ्याङ्क संकलन गर्न निर्वाचित समितिलाई सुझाव दिनुभयो । झापामा केही प्रजातन्त्र सेनानीहरुको स्मृतिमा प्रतिष्ठान गठन एवं शालिक निर्माण गरेर संस्थागत रुपमै संरक्षणको पहल गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा सेनानी संघका केन्द्रीय सदस्य तेजप्रसाद सुवेदीले प्रजातान्त्रिक आन्दोलनका क्रममा सर्वश्वहरणमा परेका केही प्रजातन्त्र सेनानीहरुको अहिले पनि सम्पत्ति फिर्र्ता भइनसकेको बताउँदै सम्पत्ति फिर्ता गर्न दवाव दिनुपर्नेमा जोड दिनुभयो । केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका सहसचिव कमलप्रसाद भण्डारीले गर्नुभएको थियो ।

यसबीच नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल नाई संघ विर्तामोड नगर समितिको अध्यक्षमा बन्धन ठाकुर निर्वाचित हुनुभएको छ । विर्तामोड नगर क्षेत्रभित्रका ठाकुरहरुको भेलाले ठाकुरको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा अमर ठाकुर, सचिवमा विजय ठाकुर, सहसचिवमा दुखन ठाकुर र कोषाध्यक्षमा ओमप्रकाश ठाकुर निर्वाचित हुनुभएको छ ।
समितिका सदस्यहरुमा सत्ययम ठाकुर, अमित ठाकुर, मुकेश ठाकुर, विवेक ठाकुर, पप्पु ठाकुर र अशोक ठाकुर चयन हुनुभएको छ ।
नेपाल नाई संघका केन्द्रीय सदस्य विजय ठाकुरको प्रमुुख आतिथ्य र नेपाल नाई संघ झापाका अध्यक्ष मनोजकुमार ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय सदस्य सजेश शिवाकोटी, नेपाली कांग्रेस विर्तामोड नगर समितिका कार्यबाहक सभापति सूर्यप्रसाद कन्दङ्वा, महाधिवेशन प्रतिनिधि घनश्याम चौधरी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा लिलक, नाई संघमा बन्धन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img