Homeसमाचारबिर्तामोड नगरपालिकाको चालुवर्षको बजेट पुस्तिका सार्वजनिक

बिर्तामोड नगरपालिकाको चालुवर्षको बजेट पुस्तिका सार्वजनिक

बिर्तामोड २६ भाद्र । बिर्तामोड नगरपालिकाले चालु वर्षको नीति, कार्यक्रम र बजेट पुस्तिका सार्वजनिक गरेको छ। नगरपालिकाको सभाहलमा बुधबार पुस्तक सार्वजनिक गरिएको हो।
नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला तथा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले संयुक्त रुपमा पुस्तिका सार्वजनिक गरेका हुन्।
बिर्तामोड नगरपालिकाले चालु आर्थिक बर्षका लागि एक अर्ब ३९ करोड ९६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो। पुस्तिका सार्वजनिक
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईंले बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा सबैको भूमिका रहने बताइन्।
उनले भनिन्, ‘पुस्तकमा सबैकुरा समावेश भएपछि कार्यान्वयन गर्न सहज हुन्छ।’ सोही बजेटको विस्तृत विवरण, नीति तथा कार्यक्रमबारे विस्तारमा उक्त पुस्तकमा समेटिएको नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए। बजेट, नीति तथा कार्यक्रमले लिएको लक्ष्य पूरा गर्न नगरपालिका लागिपर्ने उपप्रमुख संग्रौलाले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड नगरपालिकाको चालुवर्षको बजेट पुस्तिका सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img