सुरूङ्गा १६ भदौ । नेपाल महिला संघ कनकाइको तिज मिलन, नेपाल महिलासंघ कनकाइ नगर समितिले सम्पुर्ण नेता र कार्यकर्ता सहितको सहभागितामा तिजमिलन कार्यक्रम सम्पन्न गरेको छ । “सामुहिक एकता र सस्कृती संरक्षण” भन्न मुल नाराका साथ कनकाई उधोग वार्णिज्य संघको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न राजवंशी, सन्थाल, पुरानो सस्कृती झल्कने आमाहरुले संगिनी नृत्य लगायत विभिन्न समुदायको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो । नेपाल महिलासंघ कनकाइ नगर सभापति रेनुका उप्रेती मैनालीको सभापतित्वमा र कनकाइ नगर उपप्रमुख आशा शर्मा सिवाकोटीको प्रमुख आतिथ्यमा रहेको थियो । महिलासंघ नगर उपसभापति सीता खड्काले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा कनकाइका नगरसचिव रेणुप्रसाद कडेल, नगर नेता रुद्रप्रसाद चिमरिया, नेपाल महिलासंघ क्षेत्र नम्बर २ कि उपसभापति यसोदा उप्रेती, कनकाइ नगर सभापति दुर्गाप्रसाद प्रसाईं, महाधिवेशन प्रतिनिधि परशुराम ढुङ्गाना, झापा जिल्ला कार्यवाहक सभापति केशवराज पाण्डे र कार्यक्रमका प्रमुख अतिथि कनकाइ नगर उपप्रमुख आशा शर्मा सिवाकोटीले शुभकामना मन्तव्य राखेका थिए । कनकाइ वडा नम्बर ४ की ज्येष्ठ माता मनमाया चाहार जेष्ठ माता भइकन पनि कार्यक्रम सुरुदेखि अन्त्यसम्म रहनुभएको उनको सक्रियता र योगदानलाई मूल्यांकन गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । चारसय जना भन्दा बढीको उपस्थितिमा भएको उक्त कार्यक्रममा विहानी महिला समूह कनकाइ-१, को तर्फबाट संगीनीका अन्य विभिन्न एकल तथा सामुहिक नृत्य सहितको सकृय सहभागिता रहेको वडा नम्बर एकका वडा सभापती मनोज बस्नेतले बताए । त्यस्तै राजवंशी समुदायको एकल र सामुहिक नृत्य, तिजका गीतमा दिदी बहिनीहरुको सामुहिक र एकल रुपमा छमछमी नाच्दै एक अर्कामा भावनात्मक एकता कायम गर्दै सम्पन्न गरेको कार्यक्रम कनकाइ बाणिज्य संघको सभाहलमा भएको थियो भने कार्यक्रमको सन्चालन नेपाली काङ्ग्रेस वडा नम्बर ४ का उपसभापति गीता खरेलले गरेकी थिइन।