बिर्तामोड १६ भदौ । तीजको अवसर पारेर अखिल नेपाल महिला संघ बिर्तामोड नगर कमिटीको आयोजनामा तीज मिलन तथा प्रतियोगितात्मक वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।
अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य टिका घिमिरे विशिष्ट अतिथि रहेको कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला संघ बिर्तामोड नगर अध्यक्ष यशोदा प्रसाई भट्टराईले गरेकी थिइन ।
प्रतियोगितात्मक वक्तृत्वकला कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. १० की गीता घिमिरे प्रथम, वडा नं. ४ की सिमा सिलवाल दोस्रो र वडा नं. २ की बबिता ढकाल तेस्रो भएका थिए । उत्कृष्ट ३ संगै सहभागी सबैलाई शान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा राजेन्द्र भट्टराई संयोजक रहेको निर्णायक मण्डलमा शान्ता रोक्का र भीमा शिवाकोटी सदस्य रहेका थिए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य हरिचरण शिवाकोटी, कोशी प्रदेशका खानेपानी सिंचाई तथा उर्जा मन्त्री एकराज कार्की, पवित्रा महतारा, अमिर लिंदेन, सुभास भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।