Homeसमाचारओम साई अस्पतालमा डिएनए परीक्षण शुरू

ओम साई अस्पतालमा डिएनए परीक्षण शुरू

भद्रपुर २७ साउन । झापाको भद्रपुरस्मा रहेको अोम साई पाथीभरा अस्पतालले झापामा पहिलो पटक डिएनए टेस्ट सेवा सुरू गरेको छ । भद्रपुरमा अायोजित कार्यक्रममा सो जानकारी गराएको हो ।
लगभग ३ महिना अगाडि झापाको विर्तामोडबाट मेरो डिएनए कार्यक्रम मार्फत भारतीय व्यानरमा परीक्षण सेवा सुरूवात गरेको अस्पतालले आफ्नै नामबाट भने भद्रपुरमा पहिलो पटक डिएनए टेस्ट सेवा थालेको छ।
६ वर्ष अगाडि अमेरिकाबाट सुरू भएको अत्याधुनिक रोग पहिचान सेवा मानव जीवनमा एक पटक मात्र टेस्ट गर्दा सवै पक्षको जानकारी दिने डिएनए टेस्ट सेवाको नेपालमै पहिलो पटक सुरूवात गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक पोखरेलले बताए ।
दुई वर्षमाथिका मानिसको परीक्षण हुने डिएनए टेस्टले मानिसका शरीरमा भइरहेका तथा हुन सक्ने रोगकाे संभावना बारे समेत जानकारी दिने हुँदा शरीर भित्रका रोगको पहिचान गरी उपचार सेवाको अवसर मिलाउन सकिने समेत बताए । पोखरेलले यो टेष्ट गराउन भारतमा ३२ हजार सम्म लाग्ने गरेको बताउदै पाथीभरा अस्पतालले भने हाललाई २५ हजारमै जाँच गराउन सकिने बताए ।
डिएनए टेस्ट सेवाका विज्ञ डा. आर्सी मौलेका अनुसार छिमेकी भारतमा दुई वर्षयता सुरू भएको डिएनए टेस्ट जीवनमै एक पटक मात्र गरिने परीक्षण रहेको जानकारी दिए ।
उहाले टेस्टमा १३१ प्रकारका परीक्षण हुने भएकाले मानव शरीरका लागि आवश्यक तत्व, वंशाणु परम्परागत रोग, भविष्यमा आउन सक्ने रोगका बारेमा ९९.९९ प्रतिशत विश्वासनीय रिर्पोट आउने समेत बताए ।
१६५ प्रकारका औषधी उपचारका क्रममा शरीरले स्वीकार्छ वा स्वीकार्दैन भन्ने तथ्य समेत डिएनए टेस्टबाट पत्ता हुने जानकारी दिँदै डा. मौलेले हरेक व्यक्तिले आफ्नो स्वास्थ्य र आयुको सही जानकारी लिनका लागि एक पटक परीक्षण गर्नै पर्ने बताए । अस्पताल प्रशासन प्रमुख दिप पाैडेलले संचालन गरेको अन्तरक्रिया कार्यक्रममा अस्पताल संचालक बालकुमार पोखरेल साईराम, प्रदेश सांसद मोहन महर्जन लगायतका भद्रपुरका उद्योगी ,व्यावसायी,भद्रपुर लगायतका पालिका प्रमुखसमेतको उल्लेखनीय सहभागिता थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारओम साई अस्पतालमा डिएनए परीक्षण शुरू
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img