Homeसमाचारआदिवासीहरूको हकहित र समानताका लागि राज्यको लगानी आवश्यक: सभामुख बिष्ट

आदिवासीहरूको हकहित र समानताका लागि राज्यको लगानी आवश्यक: सभामुख बिष्ट

विराटनगर २५ साउन । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यले लगानी गर्न आवश्यक रहेको बताएका छन् । अन्तराष्ट्रिय आदिवासी दिवसका अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
नेपाल बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक पहिचान भएको मुलुक भएकाले आदिवासीहरूको पहिचान, रितीरिवाज, कला सभ्यता, भेषभूषा तथा मौलिकता राज्यको सम्पत्ती भएको भन्दै उनले यसको संरक्षण गरी चिर पर्यान्तसम्म कायम गर्न सके भावीपुस्ताले पनि अनुशरण गर्दै जानेमा विश्वस्त रहेको उल्लेख गरेका छन् ।
आदिवासी समूदायका लागि सहज, सरल र विकसित समाज निर्माण गर्नु हामी सबैको दायित्व भएको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । आदिवासीका हक, अधिकार र पहिचानको रक्षाको निम्ति सवैमा प्रेरणा मिलोस् भनी उनले शुभकामना व्यक्त गरेका छन् । आज विविध कार्यक्रम गरी ३० औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदै छ ।
यो दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि आदिवासी जनजाति अधिकारका लागी महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआदिवासीहरूको हकहित र समानताका लागि राज्यको लगानी आवश्यक: सभामुख बिष्ट
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img