Homeसमाचारबिर्तामोडमा लाखे जात्रा शुभारम्भ

बिर्तामोडमा लाखे जात्रा शुभारम्भ

बिर्तामोड २५ श्रावण । बिर्तामोडमा आजबाट विधिवत् रूपमा ‘लाखे जात्रा ‘शुभारम्भ गरिएको छ ।
नेवा: पासा मुना पुचको आयोजनामा आज बिहान बिर्तामोड ६ मा अवस्थित भिमसेन मन्दिरमा बिर्तामोडका नेवार समुदायले ‘लाखे’को पुजाआजा गरी विधिवत् रूपमा जात्रा शुभारम्भ गरिएको हो।
आज बाट शुभारम्भ गरिएको उक्त ‘लाखे जात्रा’कृष्ण जन्माष्टमीको दिन सम्म बिर्तामोड नगरका बिभिन्न स्थानमा प्रदर्शन गरिने नेवा: पासा मुना पुच अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए।
नेवा: पासा मुना पुचका पूर्व अध्यक्ष कृष्ण उदासले “लाखे जात्रा ‘ नेवारहरूको धार्मिक संस्कृति भएको उल्लेख गर्दै पूर्वमा”लाखेको उदगम स्थल धरान पछि बिर्तामोड भएको जिकिर गरे” ।
लाखे संयोजक प्रविण शाक्यले यसपटकको ‘लाखे जात्रा’मा सहभागी कलाकारहरु उत्कृष्ट उत्पादन भएको दावी गदै अन्य समुदायका कलाकारहरुको पनि लाखे जात्रामा सहभागीता रहेको उल्लेख गरे ।
शुभारम्भका दिन आज सबै भन्दा सानो लाखेको भुमिकामा १२ बर्षिया निर्माण श्रेष्ठ त्यसतै अप्सन श्रेष्ठ र आरम्भ शाक्य ठुलो लाखेको भुमिकामा उत्कृष्ट प्रस्तुती देखाएका थिए।
दिउँसो १ बजे बुद्ध शान्तिमा नेवा: पासा मुना पुचले ‘लाखे जात्रा’ शुभारम्भ गर्ने कार्यक्रम रहेको संयोजक शाक्यले जानकारी दिए।
दिनेश श्रेष्ठको अध्यक्षतामा रहेको लाखे जात्रा शुभारम्भ एवं उद्घाटन कार्यक्रममा सल्लाहकार गणेश शाक्य ,दिपक प्रधान अग्रज व्यक्तित्वहरु श्याम कुमार ताम्राकार ,निर्मल कर्मचार्य ,गिरधर श्रेष्ठ लगायत नेवा बन्धुहरुको बाक्लो उपस्थिति थियो।
भाषा संस्कार र संस्कृति जगेर्ना मुल लक्ष्य लिएर काम गर्दै आएको नेवा: पासा मुना पुच बिर्तामोडले लाखे जात्रा’ लक्षित गरी केही बर्ष यता महिना दिन सम्म प्रशिक्षण दिदै आएको छ भने यस पटक नेवार समुदायको शुभकार्यमा बजाईने धिमेबाजा र धिमे नृत्य पनि प्रशिक्षण दिएको छ ।
नेवार समुदायको धार्मिक संस्कृति रुपमा नेवार समुदायको बाहुल्यता रहेका विभिन्न स्थानमा नाग पञ्चमीका दिनबाट विधिवत् रूपमा शुभारम्भ गरिएको ‘लाखे जात्रा ‘कृष्ण जन्माष्टमीको दिन विधिवत् रूपमा बिसर्जन गर्ने चलन छ। यद्यपि नेवा: मुना पुच बिर्तामोडले भने कृष्ण जन्माष्टमीको भोलि पल्ट नेवा: छे भवनमा विधिवत् रूपमा ‘लाखे जात्रा ‘समापन गर्ने कार्यक्रम रहेको आयोजक परिवारले जनाएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडमा लाखे जात्रा शुभारम्भ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img