Homeसमाचारअन्नपूर्ण बेशक्याम्प यात्रा : 'स्वर्ग नेपालमै छ’

अन्नपूर्ण बेशक्याम्प यात्रा : ‘स्वर्ग नेपालमै छ’

२०७८ साल कात्तिक ३१ गते । मनभरी कौतुहलता थियो । अन्नपूर्ण बेशक्याम्प सम्मको यात्राका लागि पूर्वतयारी पूरा गरेर हामी (म र किरण ओझा) काठमाडौंको गोंगबु बसपार्क पुग्यौं । विहान ७ बजे बस छुट्ने समय दिइएको थियो । पैदय यात्रा भनेपछि म निकै उत्साहित हुन्छु । पैदय यात्राका लागि छोटो दुरीको स्थल भेटेपनि हिडौं–हिडौं हुन्छ । यात्रामा हुने थकानभन्दा बढी त्यहाँ पाइने प्रकृति, त्यसको सुन्दरता, चराको चिरविर आवाज, थरिथरिका बोट–विरुवाको सुगन्ध र सुभाषले मन आनन्दित हुन्छ । त्यही आनन्द लिने अभिलाषाले सातदिने पैदल यात्रा तय गरिएको थियो । यात्रामा ५ जना सहभागी हुने योजना तय भयो । तर पैदलयात्राको केही समय अघि मात्रै प्यारी साथी सविना मोटरसाइकल दुर्घटनामा परेपछि किरण ओझा, लक्ष्मी सिंह र केवल बानियासहित ४ जना पैदय यात्रामा निस्कियौं । सँगै यात्राको तय गरिसकेकी साथी सविनालाई छोड्नुपर्दा दुःख लागेपनि पूर्वनिर्धारित यात्रा हामीले तय गर्नु नै थियो । लक्ष्मी सिंह र केवल बानिया चितवनबाट पोखरा जाने अनि किरण भाइ र म काठमाडौंबाट पोखरा पुगेपछि स्थानीय नयाँ पुलमा भेटाउने सल्लाह थियो । सोही बमोजिम ७ बजे गोंगबुबाट बस चढ्यौं । थानकोटबाट ओरालो पृथ्वी राजमार्ग हुँदै यात्रा अघि बढ्यो । बस आफ्नै रफ्तारमा कुदिरहेको थियो । झ्यालबाट नजिकै तल हेर्दा बस खसिहाल्छ कि ? जस्तो मनमा त्रास उत्पन्न हुन्थ्यो । तर अलि पर हेर्दा त्रिशुली नदीमा बगिरहेको कञ्चन नीलो पानी, पानीको कलकल आवाज, वारी–पारीका हरिया डाँडाकाँडा, काँही फाँट, काहीं स–साना गरा–फोक्टाहरुमा धान झुलिरहेको परैसम्म देखिन्थ्यो । सिजन अनुसारका अन्नबाली र फलफुल बारीभरी देखिन्थे । प्रत्येक क्षणमा बद्लिरहेको दृश्यले मन प्रफुल्लित थियो । आहा ! मेरो देश । लाग्थ्यो–हामीले सुनेको र कल्पना गरेको स्वर्ग मेरै देश हो, जहाँ हेरे पनि सुन्दर, शान्त र मनोरम । किरण भाइ पनि यही सुन्दरतामा रमिरहनुभएको थियो । यही दृश्य हेर्दै र बसको पुरानै सेड्युल अनुसार खाना–खाजाका लागि रोकिदै हामी ५ बजे पोखरा बसपार्कमा उत्रियौं र नयाँ पुलतर्फ लाग्यौं । त्यहाँ लक्ष्मी र केवल हामीलाई दुईघण्टा अघिदेखि नै पर्खिरहनुभएको थियो । उहाँहरुसँग लगभग एकबर्ष पछाडिको भेट । एक–अर्कालाई अंकमाल ग¥यौं । खुशी साटासाट ग¥यौं । मन प्रफुल्लित भयो । हाम्रो पैदल यात्रा त्यहीबाट शुरु भयो । लगभग दुईघण्टाको पैदल यात्रापछि विरेठाँटी भन्ने ठाउँमा पुगियो । घडीको सुइरोले लगभग ७ः३० घुमाइसकेछ । दिनभर बसको यात्रा र लगभग दुईघण्टे पैदलयात्राले थकित शरीरले विश्राम मागिरहेको थियो । पहिलोदिन हामीले त्यही विश्राम लियौं ।
भोलीपल्ट विहान शरीरमा बेग्लै स्फूर्ति थपियो । आजदेखि दिनभरजसो पैदल यात्राको सेड्युल थियो । हामी चिया पिएर विहान ६ बजे विरेठाँटीबाट उकालो लाग्यौं । बाटामा भेटिएका सुन्दर दृश्य, अनौठो लागेका स्थल, पुल पुलेसाहरुमा फोटो खिच्ने क्रममा हामी झिनु पुलमा केहीक्षण रोकियौं दृश्य कैदकै लागि । छुमुरुङमा खाना खायौं । त्यहाँबाट अन्नपूर्ण र माछापुछ«े हिमालको सुन्दरता नियाल्यौं । प्रकृतिको मनमोहकतामा हरायौं । सुन्दर प्रकृतिभित्र चराचुरुङ्गीको झ्याउँ–झ्याउँ आवाज सुनमा सुगन्ध झैं अनुभव भइरह्यो । त्यही सुन्दर प्रकृतिमै विलिन हौं झैं लागिरह्यो । पानी पर्नेवित्तिकै थुप्रै हरिया पहाडहरु क्षणभरमै सेताम्य हुन्थे । हिउँले ढाकिएको सुन्दर दृश्य झन् मनै लोभ्याउने । पानी पर्न थालिसकेको थियो । हामीले माथिल्लो सुनुवामा पुगेर दोस्रो दिनको यात्रालाई विसायौं ।
तेस्रोदिन सुनुवाबाट देउरालीसम्मको यात्रा विहान ७ बजे शुरु भयो । त्यसदिन दिनभरजसो पानी प¥यो । छाता र रेनकोटको सहायतामा हामीले यात्रालाई अगाडि बढायौं । उकालो बाटो, झमझम बर्षा, प्रकृति निथ्रुक्कै भिजेको देखियो । हामीलाई पनि रेनकोट र छाताको सहायताले केही ओत्याए पनि आधाजसो शरीर भिजिसकेको थियो । जंगलको बाटो, जुकाहरु खानाको प्रतिक्षामा हामीतिरै लम्किरहेका देखिन्थे । हामी जोगिएर हिड्न प्रयासरत थियौं । हामीले दोभानमा पुगेर खाना खायौं र केहीक्षण विश्राम ग¥यौं । अन्नपूर्ण बेशक्याम्प पुगेरै आउने दृढ संकल्प थियो मनमा । त्यो आत्मविश्वासलाई पानी झरीले रोक्ने कुरै भएन । पूर्वी तराइको झापामा जन्मीहुर्किएका हामी एउटा छहरा देख्दै आहा ! भन्थ्यौं, मन प्रफुल्लित पाथ्र्यौं र मज्जाले रमाउँथ्यौं । त्यहाँ त बाटैभरी देखिएका दर्जनौ छहरा, सयौं पहाड र फाँटहरु, सुन्दर दृश्यलाई क्यामरामा कैद गरिरह्यौं । जहाँ हेरे नि सुन्दर र स्वर्ग मेरो देश । यस्तो प्राकृतिक आनन्द लिन छाडेर नेपालीहरु किन विदेशयात्रामा निस्कन्छन् ? बेला–बेला यही प्रश्नले मन घर गरिरह्यो । नेपाली भएर जन्मिएकोमा आफैंप्रति गर्व लाग्यो । ओ हो ! कति सुन्दर पहाड, हिमाल र पाखा पखेरा । साँच्चै कुनै स्वीजरलैण्ड र सिंगापुरभन्दा कम छैन मेरो देश । सबै नेपालीले विदेश शयरको सट्टा यहीको पाखा पखेराको सुन्दरतासँग मितेरी गाँसे, यहीका तालतलैयाँसँग माया गाँस्ने हो भने विदेश भ्रमणमा सकिने करोडौं रकम आफ्नै देशमा त रहन्थ्यो । मन कता–कता बहलियो । हामी पानीले निथ्रुक्क भिजिसकेका थियौं । छाता र रेनकोटले पानीको वहाव छेकेर हामीले ओभानै राख्न सकिरहेका थिएनौ । देउरालीमा पुगेर हामीले त्यसदिनको यात्रालाई विसायौं ।
यात्राको चौथो दिन देउरालीबाट अन्नपूर्ण बेशक्याम्प पुग्ने हाम्रो योजना थियो । लगातार दुईदिनदेखि पानीमा भिज्दै हिडिरहेका थियौं हामी । अन्नपूर्ण बेशक्याम्प पुग्ने खुशीले हामीलाई उकालै तानिरहेको थियो । विहान ७ बजे चिया र सामान्य खाजा खाएर यात्रा तय ग¥यौं । साँगुरो गोरेटो, उकालो बाटो, पानी सिमसिम बर्षा भइ नै रह्यो । बाटादेखि पर–पर सम्म फाँटमा चौरी गोठ देखिन्थ्यो । ठाउँ–ठाउँमा चर्दै गरेका चौंरी गाई अनि भेडाका बथानहरु । त्यहाँको दृश्यमा मन्त्रमुग्ध भयौं हामी । ठाउँ–ठाउँमा तातोपानी र ब्यागमा बोकिएका ड्राइफुड र क्याटबरीको मज्जा लिदै उकालो चढिरह्यौं । साथी लक्ष्मी र मलाई पछाडि छोडेर किरण र केवल अगाडि हिडिरहनु भएको थियो । एक्कासी मेरो दुवै जुत्ताको तलुवा उक्कियो । न त कांही किन्ने पसल छ ? न त अर्को जुत्ता नै साथमा छ ? नयाँ जुत्ता किन र कसरी उक्कियो ? आश्चार्यमा परें । भरे थाहा भयो–अघिल्लो दिन दिनभर भिजेको जुत्ता तातोले सुक्छ भनेर आगोको छेउमा सुकाएकी थिएँ । आगोको तापले सुलेसन पग्लिएर तलुवा उक्किएछ । कस्तो आपत ! अब कसरी हिड्ने होला ?
मित्र केवलजीले शान्त्वना दिनुभयो–दिदी नआत्तिनुस । चिन्ता नलिनुस । अलिक माथि माछापुछ«ेका होटलमा अवश्य सियो–धागो पाइन्छ । म हजुरको जुत्ता सिलाइदिन्छु । म खाली खुट्टै होटलसम्म पुगें । धन्य, होटलकी शेर्पेनी दिदीले सियो र माटो धागो दिनुभयो र केवलजीले अत्यन्तै कष्टका साथ सिलाइदिनुभयो र म यात्रामा गन्तब्यसम्म पुग्न सफल भएँ । जीवनको एउटा अविष्मरणीय क्षण, त्यसक्षणमा सहयोग गर्नुहुने केवलजीलाई हृदयदेखि नै हार्दिक आभारसहित धन्यवाद । स्थानीय हिमालय होटलमा खाना खाएर निरन्तर गन्तब्यतिर लम्कीरह्यौं । विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म (बेला–बेला खाना र खाजाका लागि रोकिने बाहेक) निरन्तर यात्रापछि एउटा बोर्ड देखियो । लेखिएको थियो–ल्ब्ःब्क्त्भ् ब्ल्ल्ब्एग्च्ल्ब् द्यब्क्भ् ऋब्ःभ् (ब्ंद्यंऋं द्धज्ञघण् ःत्च्क्)  । त्यहाँबाट अन्नपूर्ण बेशक्याम्प पुग्न १ किलोमिटर हिड्नुपर्दोरहेछ ।
हामीले सो बोर्डमा सामुहिक फोटो लियौं । केहीबेरको हिडाइपछि हामी ….. होटलमा पुग्यौं । हामी बस्ने कोठामा झोला बिसाएर हामी हलमा निस्कियौं । ‘ग्यार्लिक सुप’ (लसून पानी ) खाएर हामी बाहिर निस्कियौं । लाग्यो स्वर्ग त हाम्रो अगाडि नै छ, हामीलाइ नै हेरिरहेको छ । जताजतै हिउँ नै हिउँ । सेतो सफा हिमाल । हातले नै समाउन सकिएला जस्ता हिमश्रृङ्खला । जताततै सेता पहाड । मन आनन्दित भयो, हामी दृश्यमा हराइरह्यौं । हेर्दाहेर्दै सबै सेता पहाडहरुलाई बादलले छेकिदियो । भोलिविहान मौसम खुलेमा केही माथिसम्म जाने र फोटा खिच्ने सल्लाह गर्दै हामी होटलतिर फर्कियौं । सबैले आ–आफ्नो इच्छा अनुसारको खाना खाएर विश्राम ग¥यौं ।
पाँचौं दिन एविसि क्याम्पबाट फर्कने दिन । हामी विहान ८ बजे उठ्यौं । मौसम अत्यन्तै चिसो थियो । चारैतिर कुहिरोले ढाकिएको । ओहो ! मौसम खुल्दैन कि क्या हो ? लागिरह्यो । हामी चिया, कफि र तातोपानी पिउन थाल्यौं । विस्तारै कुहिरो पातलिदै गयो । अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने ठूलो रहर थियो । निकै कष्टकर तर आनन्ददायी यात्रा पुरा गर्न सकेकोमा अत्यन्तै खुशी लागेको थियो । दृढ संकल्प लिएपछि जे पनि गर्न सकिदोरहेछ, गर्वले छाती फुल्यो । एकपटक नेपाल आमालाई पुकारें, बेशक्याम्पसम्म पुग्न सकेकोमा आफैंप्रति धन्यधन्य भएँ । आँखाबाट हर्षका आँशुहरु टलपलाए । हामी त्यहाँबाट केही माथिसम्म पुग्यौं । समूहमा फोटो खिच्यौं । अत्यन्तै चिसो वातावरणका कारण लामो समय त्यहाँ बस्न मुस्किल थियो । मिसन सफल भएकोमा खुशी हुँदै होटलमा फर्कियौं । हिउँ नै हिउँमा हासिरहेका सेता पहाडहरु निकैबेर नियाल्यौं र स्वर्गको एकटुक्रा झैं लाग्ने सुन्दरतालाई आखा र दृश्यहरुमा कैद गरेर विहानको खाना खाएर त्यहाँबाट फर्कियौं । साँझ तल्लो सिनुवाको होमस्टेमा बास बसी आफैंले पकाएर घरकोजस्तै खाना खायौं र त्यही विश्राम लियौं ।
छैटो दिन सिनुवाबाट हामी विहात ७ बजे बाटो लाग्यौं । जाँदा उकालो र कष्टकर यात्रा फर्किदा भने ओरोलो र केही सहज अनुभव भइरहेको थियो । ओरालो हिड्दा खुट्टा खाँदिएर ठाउँ–ठाउँमा केही असहजता भए पनि यात्रा छिट्टै अघि बढ्यो । झिनु डाँडामा विहानको खाना खाएर कयुमी भन्ने ठाउँबाट गाडी रिजर्भ गरी लगभग ८ बजे राति पोखरा आइपुग्यौं । एउटा सेतो कार हामीलाई पोखरा बसपार्कमा लिन आएको थियो । होटलले लिन पठाएको भन्दै आएको कार देखेर हामी छक्क प¥यौं । हजुरहरुको नाममा होटल बुकिङ भएको छ भन्दा हामी छक्क प¥यौं । कसले गरिदिएछ जाउँनत भन्ने चारैजनाको सल्लाह भयो । चारैजनाको सहमतिपछि होटलको गेटभित्र पस्दा सप्र्राइज भन्दै साथी सविना आइन् र चिच्याउँदै अंगालो हालिन् । हामी खुशीले भावविभोर भयौं । आँखामा आँशु टिलपिल भए । भनिन्छ–गाँस छोड्नु, साथ नछोड्नु’ बाध्यतामा परेर साथ छोडेकी उनले केही आराम हुनासाथ पोखरासम्म प्लेन चढेर हामीलाइ भेट्न गएको देख्दा हामी आफैं छक्क मात्रै परेनौ सच्चा साथी भगवानरुपी रुप उनमा पायौं र कृतज्ञता ब्यक्त ग¥यौं । साँझको समय पोखराको लेकसाइड अत्यन्तै रमणीय देखिदोरहेछ । यात्राले थकित भएपनि हामी लेकसाइड आसपास केही क्षण घुमेर आयौं र खाना खाएर यात्राका रमाइला गफगाफसँगै विश्राम लियौं ।
सातौं दिन हाम्रो यात्रा समापन हुँदै थियो । विहान ७ बजे ब्रेकफास्ट र कफि खायौं । साथी लक्ष्मी र भाइ केवलको चितवन जाने टिकट विहान ११ बजेको थियो । होटलमै उहाँहरुसँग छुट्टिएर सविना, म र किरण पोखरा बसपार्क पुग्यौं । ८ बजे त्यहाँबाट बस छुट्यो । त्यसदिन अन्नपूर्ण यात्रा र अन्य मिठा र रमाइला कुरा गर्दागर्दै हामी बेलुका ५ बजे काठमाडौं पुग्यौं र यात्रालाई बिट मार्दै आ–आफ्नो घरतर्फ लाग्यौं ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअन्नपूर्ण बेशक्याम्प यात्रा : 'स्वर्ग नेपालमै छ’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img