HomeFeatured 2चन्द्रगढीमा आधारभूत मेलमिलाप तालिम शुरु

चन्द्रगढीमा आधारभूत मेलमिलाप तालिम शुरु

भद्रपुर ४ साउन । झापाको चन्द्रगढीमा आधारभूत मेलमिलाप सम्बन्धि ८ दिने तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ। नेपाल बार एसोसिएसनको समन्वय तथा झापा बारको आयोजनामा साउन ११ गते सम्म सञ्चालन गरिने तालिमको (आज) शुक्रबार आयोजित कार्यक्रममा उच्च अदालत विराटनगरका न्यायाधीश किरण पौडेलले उद्घाटन गरे ।
तालिममा झापाका ३० जना बढी कानून व्यवसायीको सहभागिता रहने झापा बारका सचिव कानुन व्यवसायी सन्तोष प्रसाईले बताए । तालिममा न्यायाधीशहरु बामदेव ज्ञवाली, रामप्रसाद पौड्याल, तेजबहादुर खड्का, अशोक बस्नेत, वरिष्ठ अधिवक्ता टंकप्रसाद उप्रेती लगायतले सहजीकरण गर्ने सचिव प्रसाईंले बताए ।
नारायण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष भिम बराल र सञ्चालन सचिव प्रसाईले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पा‌ैडेल, न्यायाधीश प्रकाश अधिकारी, नेपाल बार एसोसिएसन केन्द्रीय उपाध्यक्ष सुरज खत्री बरिष्ठ अधिवक्ता टंकप्रसाद उप्रेती लगायतले मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चन्द्रगढीमा आधारभूत मेलमिलाप तालिम शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img