भद्रपुर २८ असार । झापामाा जिल्लालाई शुक्रबारदेखि पूर्णखोप जिल्ला सुनिश्चितता दीगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजना तथा स्वास्थ्य कार्यालय झापाको संयोजनमा चन्द्रगढीमा आयोजित कार्यक्रमका विच जिल्लालाई पूर्णखोप निश्चित दीगोपना घोषणा गर्दै महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको हो ।
गत असार १३ गते देखि संचालन अभियानको घोषणा कार्यक्रम प्रमुख अतिथि कोशी प्रदेशका स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरेका छन् । मन्त्री कार्कीले उद्घाटन गर्दै पूर्णखोप अभियानमा लाग्ने महिला स्वास्थ्य स्वयमसेविकाहरुको प्रशंसा गर्दै प्रदेशलाई यहि असार ३० गते पूर्णखोप प्रदेश घोषणा गर्ने योजनामा प्रदेश सरकार रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यलय झापाका प्रमुख रमेश बाराकोटीले प्रतिवेदन प्रस्तुत गर्दै जिल्लाका २८७ वटा खोप केन्द्र बाट हरेक महिना ३३० खोप सेसनद्वारा निरन्तर खोप सेवा प्रदान गरिएको बताए । २०७५ साल असार २७ गते पहिलो पटक पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउदै यो कार्य निरन्तर चलिरहने स्वास्थ्य प्रमुख बाह्रकोटीको भनाई थियो। झापाका १५ वटै स्थानिय तहबाट पूर्ण खोप प्राप्त गरेका ५ बर्ष मुनिका नियमित खोप छुट ६३४ बालबालिकासहित जम्मा १६ देखि ५९ महिना सम्मका ३९ हजार ४८८ जना बालबालिकालाई पूर्ण खोप लगाइएको बताए । कार्यक्रममा झापाका १५ वटै पालिका, उत्कृष्ट स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविकलाई प्रशंसा पत्र प्रदान गरेर सम्मान गरिएको थियो भने ६० बर्ष माथिका २६ जना महिला स्वास्थ्य स्वयम सेविकालाई नगद २० हजार सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो। विश्वनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय झापाका अधिकृत विश्व नाथ श्रेष्ठले गरेका थिए ।
झापा शुक्रबारदेखि पूर्णखोप सुनिश्चितता दीगोपना घोषित
