बिर्तामोड १७ असार । पत्रकार महासंघको सदस्यता विवाद कायम राखेर निर्वाचन घोषणा गरेपछि आन्दोलनमा उत्रिएको नेपाल प्रेस युनियनले देशभरका जिल्ला शाखाहरुमा आज (सोमबार) धर्ना दिएको छ । युनियनको केन्द्रीय कार्यक्रम अनुसार देशभरका युनियनका जिल्ला शाखाहरु महासंघका जिल्ला शाखामा र केन्द्रले महासंघको केन्द्रीय कार्यालय अगाडि २ घण्टा धर्ना दिएका हुन् ।
सोही अनुसार झापामा पनि जिल्ला शाखा उपाध्यक्ष इश्वर अधिकारीको नेतृत्वमा महासंघमा पुगेको युनियनको टोली धर्नामा बसेको थियो ।
युनियनले पत्रकार महासंघका शाखा र प्रदेश समितिले विधान, विधि, प्रक्रिया अनुसार सिफारिस गरेका सदस्यता कायम गर्नुपर्ने, क्रियासिल पत्रकारलाई सदस्यता प्रदान गर्नुपर्ने, नेपाल पत्रकार महासंघलाई विधान अनुसार सञ्चालन गर्नुपर्ने तथा तत्काल सदस्यता विवाद टुंगाएर नेपाल पत्रकार महासंघको निर्वाचन हुने वातावरण सुनिश्चित गर्नुपर्ने माग राखेर दबाब स्वरुप धर्ना दिएको हो ।
प्रेस युनियनद्वारा झापासहित देशभरका महासंघका शाखामा धर्ना



















