Homeसमाचारसाना किसान सहकारीको आयोजनामा भद्रपुरमा सामुहिक धान रोपाई

साना किसान सहकारीको आयोजनामा भद्रपुरमा सामुहिक धान रोपाई

भद्रपुर १५ असार । २१ औं राष्ट्रिय धान दिवश २०८१ को अवसर पारेर भद्रपुरमा सामूहिक धान रोपाइ गरिएको छ । भद्रपुर ७ स्थित शान्ति चौक दक्षिणमा रहेको साना किसान सहकारी संस्था चन्द्रगढीको धान खेतमा सामूहिक रोपाइ गरिएको हो ।
साना किसान सहकारी संस्था चन्द्रगढीकी अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षता तथा कृषि शाखा भद्रपुरको संयोजनमा भएको कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, भद्रपुर १ का वडाध्यक्ष रामप्रसाद अधिकारी, वडा नंं २ का रामबहादुर कँडेल, वडा नं. ६ का वडाध्यक्ष रतिया राजवंशी, ७ का अभिषेक ढुंगाना, भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल लगायत जनप्रतिनिधिहरूले धान रोप्दै सामूहिक धान रोपाई महोत्सव मनाएका हुन् ।
सोही अवसर पारेर स्थानीय कृषक, बालबालिका, जनप्रतिनिधि लक्षित गरेर रमाइलोका लागि हिले दौड समेत सम्पन्न गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख गणेश पोखरेलले व्यवसायिक कृषि आजको आवश्यकता भए पनि अनुदान सदुपयोग भए नभएको लेखाजोखा गर्ने बेला आएको बताउँदै जलवायु परिवर्तनको असर कृषिमा पर्थ थालेकोमा चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, ७ का वडाध्यक्ष अभिषेक ढुंगाना लगायतले मन्तव्य राख्दै कृषक राज्यको पहिलो सम्मानित व्यक्ति रहेको भन्दै रसायन र विषदीमुक्त जीवन बनाउन कृषकको उल्लेख्य योगदान रहेको धारणा राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसाना किसान सहकारीको आयोजनामा भद्रपुरमा सामुहिक धान रोपाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img