भद्रपुर १५ असार । जेष्ठ नागरिक नगर संघ भद्रपुर झापाको दोस्रो नगर अधिवेशनले पुनः हेमप्रसाद खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको महेशपुरमा शनिवार सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा परमानन्द मिश्र, द्वितीय उपाध्यक्षमा शंकर गौतम, सचिवमा ईश्वरीप्रसाद पोखरेल सह सचिवमा कल्पना पोखरेल र कोषाध्यक्षमा राजन खनाललाई सर्वसम्मत चयन गरेको हो ।
आगामी ३ वर्षे कार्यकालका लागि गठित समितिको सदस्यहरुमा वडा नं. १ देखि १० सम्मबाट क्रमशः मन प्रसाद कोईराला,भोजकुमारी दर्जी ,धनबहादुर लिम्बू , टोमानन्द काफ्ले , गोपाल भुर्तेल, हरिकिशोर आचार्य, राधादेवी निरौला कुसहरी बन्जरा लगायतलाई सर्वसम्मत चयन गरिएको छ । अधिवेशनको उद्घाटन भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख पोखरेल, वडा न ७ का वडाध्यक्ष अभिषेख ढुङगाना, जय प्रसाद संग्रौला, गंगा वली लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा संघलाई सहयोग गर्ने महावीर अग्रवाल, हरिप्रसाद ओली , जयप्रसाद संग्रौला लगायतलाई सम्मान गरिएको थियो । हेमप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन हरिकिसोर आचार्य र शंकरप्रसाद गौतमले संयुक्त रूपमा गरेका थिए । संघको नियमानुसार ३ सदस्य पछि मनोनयन गर्ने जनाइएको छ ।
जेष्ठ नागरिक नगर संघ भद्रपुर अध्यक्षमा पुनः खनाल



















