Homeसमाचारजन्मोत्सवमा लेखनबृत्ती प्रदान, आगामी पाँचवर्षसम्म निरन्तरता दिने

जन्मोत्सवमा लेखनबृत्ती प्रदान, आगामी पाँचवर्षसम्म निरन्तरता दिने

सञ्जु शिवाकोटी

बिर्तामोड १० असार । मानिसहरू आफनो जन्मदिन विभिन्न ढंगले मनाउने गर्दछन् । जन्मदिन नितान्त व्यक्तिगत कुरा हो । यसलाई आफ्नो इच्छा अनुसार फरक अनुकरणीय कार्य गरेर पनि मनाउन सकिन्छ । जन्मदिन मनाउने क्रममा कसैले महंगा होटलमा गएर भड्किलो र खर्चिलो ढंगले मनाउँछन् त कसैले रचनात्मक काम गरेर समाजलाई सन्देश दिन्छन् ।
आफ्नो जन्मोत्सवमा त्यही सन्देश प्रवाह गरेकी छिन् नारी संचार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहालले । उनले आफनो जन्मदिनको अवसरमा महिला पत्रकारलाई प्रोत्साहन स्वरुप लेखनबृत्ती प्रदान गर्दै जन्मदिन मनाएकी हुन् । संस्थाकी संस्थापक अध्यक्ष दाहालले महिला पत्रकारको क्षमता, दक्षता अभिवृद्धि तथा लेखनबृत्तीका लागि नगद पुरस्कार प्रदान गरी अनुकरणीय कार्यको थालनी गरेकी हुन् ।
जन्म दिनको अवसरमा आज पहिलो पटक उनले भद्रपुर नगरपालिका निवासी बरूण साप्ताहिककी प्रकाशक तथा नारी संचार गृहकी कार्यसमिति सदस्य, पत्रकार इशा प्रधानलाई नगद रू पाँचहजार।– प्रदान गर्दै अनुकरणीय कार्यको शुरुवात गरेकी हुन्। ईशा नारी सञ्चार गृह झापाकी संस्थापक सदस्य माया पकवालकी छोरी हुन् । पकवालको सम्पादन तथा प्रकाशन गर्दै आएको बरुण साप्ताहिकलाई आमाको निधन पछि ईशाले निरन्तरता दिंदै आएकी छन् । शिक्षण पेशामा रहेकी ईशाले आमाको निधनपछि पत्रिका प्रकाशन गर्दै आएकी ईशाले लेखनबृत्ती प्राप्त पछि बोल्दै पत्रकारितामा आउछु भन्ने सोच नभएको बताइन । परिबन्धले पत्रकारितामा आएपनि अब भने यसैमा निरन्तरता दिने उनको भनाई थियो ।
सो क्रममा लेखनबृत्ती प्रदान गर्दै संस्थापक अध्यक्ष दाहालले महिला पत्रकारलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्दै लेखकीय क्षमता बृद्धिका लागि उत्प्रेरित गर्ने उद्देश्यले जन्मदिनमा आफूले सानो प्रयास गरेको दाहालले बताइन् । आफनो हरेक जन्म उत्सवमा पाँच बर्ष सम्म यस कार्यलाई निरन्तरता दिने उनले बताइन्। नारी सञ्चार गृहको गत असोज २० गते सम्पन्न साधारणसभाले यसै वर्षदेखि महिला पत्रकारलाई लक्षित गरी लेखनबृत्ती शुरु गर्ने घोषणा गरेको थियो । संस्थाले घोषणा गरेको उक्त कार्य संस्थापक अध्यक्षको नाताले आफैंबाट शुरु गर्ने अवसर प्राप्त गरेकोमा दाहालले खुशी समेत व्यक्त गर्दै महिलालाई हेर्ने दृष्टिकोण अझै पनि राम्रो बन्न नसकेको बताउँदै संस्था स्थापनाको मुख्य कारण पनि त्यही रहेको बताइन् ।सो अवसरमा संस्थाकी अध्यक्ष रेजिना गौतमले पेशागत दक्षता आजको आवश्यकता रहेको बताउँदै लेखनबृत्तीले पत्रकारितामा भित्रिएका नयाँ पुस्तामा जागरुकता ल्याउने धारणा व्यक्त गरिन् । अनौपचारिक रुपमा सम्पन्न कार्यक्रममा जनआन्दोलन साप्ताहिकका प्रकाशक यज्ञप्रसाद पाठक नारी सञ्चार गृहकी सहसचिव जोस्ना श्रेष्ठ, दिपा पोखरेल, सञ्जु शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजन्मोत्सवमा लेखनबृत्ती प्रदान, आगामी पाँचवर्षसम्म निरन्तरता दिने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img