ताप्लेजुङ ३२ जेठ । बुधबार रातिदेखि भएकाे बर्षातसंगै गएकाे पहिराेमा पुरिएर फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा एकै परिवारका चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमका ६९ वर्षीय रामबहादुर साम्रा, उनकी श्रीमती जसमाय र साम्राकाे मृत्यु भएकाे हाे । मृतक दम्पती साेही गाउँपालिकाका उपाध्यक्ष विकास साम्राका बुबा आमा रहेकाे बताइएकाे छ । उनीहरूसंगै नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो।
यसैगरी ४० वर्षीया युगेन साम्रा र उनकी तीन वर्षीया छोरी घाइते भएको नेपाल रेडक्रस साेसाइटी ताप्लेजुङकाे प्रारम्भिक क्षति अनुमानलाइ उल्लेख गर्दै पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष मनमणी काफ्लेले जनाएका छन् । प्रारम्भिक क्षति अनुमान अनुसार पहिराेका कारण पशुचाैपाया र घरमा समेत क्षति पुगेकाे छ ।
बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छ वटा पुल बगाएको छ । पुल बगेपछि आवतजावतमा समेत समस्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
ताप्लेजुङ बाढी पहिराेकाे उच्च जाेखिममा रहेकाे क्षेत्र पनि हाे
पहिराेमा पुरिएर खेजेनिममा एकै परिवारका ४ जनाकाे निधन

































































































