Homeसमाचारबिर्तामोड १० मा उदघोषण, माइन्युट लेखन तथा फरदर करियर सम्बन्धी तालिम शुरु

बिर्तामोड १० मा उदघोषण, माइन्युट लेखन तथा फरदर करियर सम्बन्धी तालिम शुरु

बिर्तामोड २३ जेठ । बिर्तामोड नगरपालिका वडा नं १० मा उदघोषण, माइन्युट लेखन तथा फरदर करियर सम्बन्धी तालिम शुरु भएको छ ।
बिर्तामोड नगरपालिका वडा नं १० को आर्थिक सहयोग र नारी संचार गृह झापाको आयोजनामा
एस.ई.ई. र कक्षा १२ को परीक्षा दिएर बसेका बिधार्थी लक्षित गरी शुरु भएको कार्यक्रमको बिर्तामोड नगरपालिका वडा नं १० का अध्यक्ष दुर्योधन गुरुङले उदघाटन गरे ।
उदघाटन कार्यक्रम बोल्दै अध्यक्ष गुरुङले बिधार्थी लाई भित्री मनबाटै सिक्न आग्रह गरे ।तालिमको समय अवधिको बीच बीचमा आफनो निगरानी रहने भन्दै उनले सिकेका अनुभवलाई आफुले हेर्ने बताए ।
वडा सदस्य पृथ्वी बस्नेतले सहभागी भाई बहिनीहरुलाई नबुझेका कुरा प्रशिक्षकलाई सोध्न अनुरोध गर्दै अन्तरक्रियात्मक ढंगले तालिम अगाडि बढाउन सुझाब दिए ।
‌त्यसतै महेन्द्र ज्योति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भवानी शिवाकोटीले तालिम फलदायी र उपलब्धि मुलक बनोस् भन्ने शुभकामना व्यक्त गरे ।
नारी संचार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता रहेको कार्यक्रममा संयोजक संजु शिवाकोटीले स्वागत तथा नारी संचार गृह झापाकी पुर्व अध्यक्ष अम्बिका भण्डारी औचित्य माथि प्रकाश पारेकी थिईन्।
संचार गृहकी कार्य समिति सदस्य द्वय संजु शिवाकोटी र टिका पोखरेलको संयोजनमा संचालित तिन दिवसीय तालिमको पहिलो दिन आज हिमालय मल्टीपल क्यामपस धुलाबारीका सहायक प्रधानाध्यापक (टप मास्टर) सागर शिवाकोटीले “फरदर करियर “सम्बन्धी प्रशिक्षण दिनुभएको संयोजक टिका पोखरेलले जानकारी दिईन् ।
सह सचिव ज्योस्ना श्रेष्ठले संचालन गरेकी उदघाटन कार्यक्रमको अतिथिहरुमा बिर्तामोड वडा नं १० का वडा सदस्य पृथ्वी बस्नेत ,धनमाया श्रेष्ठ, सचिव दुर्गा अधिकारी, महेन्द्र ज्योति माविका सहायक प्रधानाध्यापक भवानी शिवाकोटी , लेखा प्रमुख पुष्कर घिमिरे लगायत टोल विकास संस्थाका प्रतिनिधिहरू रहेका थिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड १० मा उदघोषण, माइन्युट लेखन तथा फरदर करियर सम्बन्धी तालिम शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img