भद्रपुर २३ जेठ । विश्व वातावरण दिवसको सन्दर्भमा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा चन्द्रगढी वन क्षेत्रभित्र रहेको चन्द्रगढ क्षेत्रको लगभग २ विघा जमिनमा एकहजार बढी विभिन्न जातका विरुवाहरु रोपिएको छन् ।
बुधबार आयोजित वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि तथा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले कार्यक्रमको उद्घाटन गर्दै स्वस्थ वातावरणका लागि वन जंगलको सम्वद्र्धन र संरक्षण गर्नु हामी सबैको कर्तव्य रहेको बताए । अवैध वन फडानी रोक्नु पर्नेमा मेयर पोखरेलको जोड थियो । समूह अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा सचिव पार्वती मल्लले संचालन गरेको उद्घाटन कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राई, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, उप प्रमुख राधा कार्कि लगायतले मन्तव्य राखेका थिए ।
चन्द्रगढ क्षेत्रको लगभग २ विघा जमिनमा बृक्षारोपण

































































































