Homeसमाचारझापाका १० हजारबढी घरधुरी डुवानमा पर्ने आंकलन

झापाका १० हजारबढी घरधुरी डुवानमा पर्ने आंकलन

रेजिना गौतम
बिर्तामोड जेठ ।
मौषम पूर्वानुमान महाशाखाले यस वर्ष वर्षातको प्रभाव सबैभन्दा बढी कोशी प्रदेशमा पर्ने सार्वजनिक भइरहँदा झापामा १० बढी घरधुरी डुवानमा पर्न सक्ने आंकलन गरिएकोे छ ।
बर्षातको समय नजिकिंदै जाँदा झापामा बाढीबाट संभावित जोखिमयुक्त ठाउँहरुको पहिचान गरी जोखिममा परेकालाई उद्दार गरी राखिने सुरक्षित आश्रय स्थलको पहिचान गरिएको प्रतिवेदनमा २०८१ मा मनसुनजन्य बाढीबाट १० हजार तीनसय १२ घरधुरी डुवानमा पर्ने प्रक्षेपण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाको अगुवाईमा जिल्ला विपद समितिले तयार पारेको विवरण अनुसार झापा भएर बग्ने मेची, देउनिया, फुलवासा, अदुवा, विरिङ्ग, धौला खोला, कनकाई, शिवसताक्षी खोला कमल लगायतका नदि तथा खोलाहरुले विभिन्न पालिकाका विभिन्न वडाका बस्तिमा पुर्याउन सक्ने संभावित असरबारे पहिचान गर्नुका साथै डुवानमा परेकाहरुलाई उद्दारको रणनीति तथा सुरक्षित आश्रयस्थलको खोजी समेत गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।
रेडक्रसले तयार पारेको रिपोर्ट अनुसार घाग्रा, कनकाई सानोमाई, निन्दा, हडिया, सुरुङ्गा, सन्का खोला,रतुवा, भुतलुङ, केर्खा खोला, बनियानी, टाङटिङ, नेते खोलामा आएको बाढीले कुन–कुन पालिकाका कुन–कुन वडा, कुन–कुन वडाका कुन–कुन टोलका कुन–कुन बस्तिमा कति घर परिवार प्रभावित हुन्छन् भन्ने अध्ययन रिपोर्ट तयार गरेको हो ।
रेडक्रसले तयार पारेको तथ्याङ्क अनुसार विभिन्न पालिका १० हजार तीनसय १२ घरधुरी प्रभावित हुने भएका हुने सर्भेक्षणले देखाएको छ । सर्भेक्षण अनुसार जिल्लाका १३१ वटा वडा मध्ये ९० बढी वडाका विभिन्न बस्तिहरु प्रभावित हुने देखिएका हुन् ।
झापा भएर बग्ने ठूला नदी तथा खोलाहरुले एउटै पालिकाको एउटै वडाका धेरै ठाउँमा प्रभाव पार्ने देखिएको छ ।
जोखिमयुक्त प्रभावित स्थलका स्थानीयलाई उद्दार गरी सुरक्षित स्थलमा राख्नका लागि कुन वडा, कुन बस्तिबाट कति नजिक वा टाढा छ र सोे बाढीको संभावित जोखिमयुक्त ठाउँबाट नजिक रहेको सार्वजनिक स्थल, मठमन्दिर, क्याम्पस, सामुदायिक विद्यालय, सामुदायिक भवन, रेडक्रस तथा स्वास्थ्य केन्द्रका भवनहरु लगायतका स्थान छनौट गरिएको छ ।
साथै रेडक्रसले संभावित जोखियुक्त ठाउँमा बाढी पूर्वसूचना, उद्दार, राहत र पुनस्र्थापना र आवश्यक समन्वयका लागि फोकल पर्सन तोक्ने, विभिन्न तहका फोकल पर्सनले गर्ने कामको जिम्मेवारी लगायतका तयारी गरिरहेको बताइएको छ ।
तथ्याङ्क अनुसार बुद्धशान्ति, हल्दिबारी, अर्जुनधारा, गौरीगञ्ज, दमक, गौरादह, कमल, कनकाई, मेचीनगर, झापा, बाह्रदशी, शिवसताक्षी, बिर्तामोड र भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिका गरी सबै पालिकाका कुनै न कुनै वडामा बाढीको जोखिम अनुमान गरिएको छ ।
रेडक्रसले यसअघि बाढीले पार्ने गरेका प्रभाव र जोखिम, मौषम पूर्वानुमानलाई आधार मान्दै रिपोर्ट तयार पारिएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापाका १० हजारबढी घरधुरी डुवानमा पर्ने आंकलन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img