Homeसमाचारमनसून पूर्वतयारी कार्यशाला सम्पन्न

मनसून पूर्वतयारी कार्यशाला सम्पन्न

बिर्तामोड १९ जेठ । बिर्तामोडमा आज आयोजित एउटा कार्यक्रमका बीच वर्षातका बेला झापामा आउन सक्ने बाढीको समस्या र तयारी अर्थात मनसून पूर्वतयारी कार्यशाला रेडक्रस सोसाइटी झापा र उपशाखाको संयुक्त बैठक सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाको अगुवाई र बिर्तामोड रेडक्रसको आतिथ्यमा होटल हेवनमा आयोजित कार्यक्रममा रेडक्रसका २६ वटै उपशाखाका सभापति तथा पदाधिकारी, अग्रज रेडक्रसकर्मीको समुपस्थितिमा बैठक सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको अध्यक्षतामा सम्पन्न बैठकमा २०८१ सालमा झापामा बाढीका कारण आउन सक्ने समस्या र क्षति, उद्दार लगायतकाबारे मनसुन पूर्वतयारी बारे छलफल भएको थियो ।
कार्यक्रममा विपदले ल्याउन सक्ने समस्या, क्षति, उद्दार, राहत, पुर्नस्थापना, स्थानीय सरकार, अन्य नियामक निकाय, संघसंस्थासंगको समन्वय, संभावित जोखिम, संभावित बाढी पूर्वानुमान क्षेत्रका समुदाय, वडा र पालिकामा फोकल पर्सन, सुरक्षित स्थलको खोजी, विपदमा पालिका, रेडक्रस र अन्य संघसंस्थाको भूमिका, उद्दारका लागि कृत्रिम अभ्यास लगायतका विषयमा छलफल भएको नेपाल रेडक्रस सोसाइटी झापाका चन्द्र चुडालले जानकारी दिए ।
सो अवसरमा पूर्व तयारी, जोखिमयुक्त ठाउँको पहिचान लगायतका विषयबस्तु समेटिएको पूर्वानुमानको अवस्थाबारे प्रस्तुत गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमनसून पूर्वतयारी कार्यशाला सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img