HomeFeatured 2बैवाहिक बर्षगाँठमा गिरी दम्पत्तीद्वारा बस्नेतलाई व्हील चियर

बैवाहिक बर्षगाँठमा गिरी दम्पत्तीद्वारा बस्नेतलाई व्हील चियर

चारपाने १९ जेठ । झापाको अर्जुनधारा–५ स्थित फुलबारीका सामाजिक ब्यक्तित्व राजु गिरी र मिनादेबी गिरीले आफ्नो बैवाहिक बर्षगाठ सामाजिक कार्य गरेर मनाएका छन् । उनीहरुले अपाङ्ग तथा असहायलाई सहयोग गरेर बैवाहिक बर्षगाठ मनाएका हुन् ।
गिरी दम्पतीले जेठ १७ गते परेको बैवाहिक वर्ष गाँठको अवसरमा घोषणा गरेको ब्हील चियर वितरण अन्तरगत शनिवार (आज) अर्जुनधारा–४ टोल नं. २३ का अपाङ्गता भएका लक्ष्मण बस्नेतलाई प्रदान गरेका छन् । गिरी दम्पत्तीले आज दहिझोडा सामुदायिक उपभोक्ता समुहका उपाध्यक्ष अर्जुन बस्नेत र कार्यालय सचिव युवराज खड्का मार्फत अपाङ्ग बस्नेतलाई व्हील चियर बितरण गरेका हुन् ।
गिरी दम्पत्तीले आफ्नो, छोरा पंकज गिरी र छोरी प्रकृति गिरीको जन्मोत्सवमा पनि अपाङ्ग, दीनदुखी, असहायलाई सहयोग गरेर मनाउँदै आएका छन् । परिवारका सदस्यको जन्मोत्सव तथा बैवाहिक बर्षगाँठमा यसअघि पनि गिरी दम्पतीले असहाय तथा अपाङ्गलाई सहयोग गरेर मनाउँदै आएका थिए । बैवाहिक बर्षगाँठ र जन्मदिनमा होटल तथा रेष्टुरेन्टमा गरिने फजुल खर्चको साटो असहाय अपाङ्गको सेवा गर्दा धेरै खुसी मिल्ने गिरीले बताए ।
सहारा नेपालका लेखा अधिकृतसमेत रहेका गिरीले जन्मोत्सव तथा बैवाहिक बर्षगाँठमा गरिने फजुल खर्च कटाएर दीनदुखीलाई सहयोग गर्न सवैलाई आग्रह समेत गरेका छन् । भारतको दिल्लीमा भएको दुर्घटनामा सँगैको साथी गुमाएका लक्ष्मण बस्नेत हाल हातखुट्टा भाच्चिएर हिडडुल गर्न नसक्ने अवस्थामा रहेका छन् । उनलाई ब्हील चियरको सहायताले हिडडुल गर्न सहज होस भनेर गिरी दम्पतीले बितरण गरेका छन् ।
यसअघि गत चैत १० गते परेको आफ्नो जन्मोत्सवमा पनि राजु गिरीले अर्जुनधारा–५ का अन्दाजी ६५ बर्षिय अपाङ्गता भएका टितबहादुर साहलाई व्हील चियर वितरण गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बैवाहिक बर्षगाँठमा गिरी दम्पत्तीद्वारा बस्नेतलाई व्हील चियर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img