Homeसमाचारबिर्तामोड उद्योग वाणिज्य संघको ‘व्यवसायी राहत कोष’मा निरौलाद्वारा ११ हजार प्रदान

बिर्तामोड उद्योग वाणिज्य संघको ‘व्यवसायी राहत कोष’मा निरौलाद्वारा ११ हजार प्रदान

बिर्तामोड २० जेठ । बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’का लागि रकम संकलन शुरु भएको छ । संघका कोषाध्यक्ष युवराज निरौलाले आफ्नो जन्म दिनको अवसर पारेर कोषमा ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरे । बिर्तामोडका ब्यवसायीलाई बिपद् पर्दा सहयोग गर्ने उद्देश्यले संघले एक करोड रुपैयाँको व्यवसायी राहत कोष स्थापना गरेको हो । आफैंबाट रकम जम्मा गरेर कोष सञ्चालनको शुरुवात गरिएको कोषाध्यक्ष निरौलाले बताए ।
व्यवसायीको हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघले एक वर्ष भित्र कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य लिएको संघका अध्यक्ष राजु न्यौपानेले बताए । ‘जन्म दिनको अवसरमा संघका कोषाध्यक्ष युवराजजी आफैंले रकम जम्मा गरेर कोष सञ्चालनका लागि सक्रियता देखाउनु भएको छ त्यसका लागि धन्यवाद दिन चाहन्छु’ अध्यक्ष न्यौपानेले भने ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड उद्योग वाणिज्य संघको ‘व्यवसायी राहत कोष’मा निरौलाद्वारा ११ हजार प्रदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img