HomeFeatured 2आफू अनुकुल कागज नबनाइदिएको भन्दै शिवसताक्षी १ का वडासचिवमाथि कुटपिट

आफू अनुकुल कागज नबनाइदिएको भन्दै शिवसताक्षी १ का वडासचिवमाथि कुटपिट

शिवसताक्षी १७ जेठ । झापाको शिवसताक्षीका सरकारी कर्मचारी कुटिएका छन् । सेवाग्राहीले शिवसताक्षी नगरपालिकाका कर्मचारी नन्दिकेशर भट्टराईलाई आफु अनुकुलको कागज तत्काल नमिलाई दिएको भन्दै कुटपिट गरेका हुन् । उनी वडा नं. १ का वडा सचिव हुन् ।
शिवसताक्षी नगरपालिका वडा नम्बर १ का वडा सचिव भट्टराई वडा कार्यालय परिसरमै पिटीएको प्रत्यक्षदर्शीले बताए । उनीहरुले भने, ‘वडा सचिवलाई दुईजना सेवाग्राहीले मिलाई मिलाई पिटे ।’
ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिस बुढाथोकीले वडा सचिव माथि आक्रमण गर्ने स्थानीय सोमनाथ बजगाई र निजका दाजु घनश्याम बजगाईंलाईे पक्राउ गरेको बताए । उनका अनुसार बिहीबार दिउँसोको यो घटनाको सूचना पाउने वित्तिकै उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनालाई सम्मानित झापा जिल्ला अदालतमा कारवाहीका लागि मुद्दा दर्ता गरेर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतमा राखिएको छ ।
शिवसताक्षी नगरपालिकाका सहायक सूचना अधिकारी डिल्ली नेपालले वडा कार्यालयको क्यान्टिनमा वडा सचिव भट्टराईमाथि टाउको, अनुहार, शरीरका विभिन्न भागमा मुक्का प्रहार गरेको बताए । कर्मचारी आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गर्दे शिवसताक्षी नगरपालिकाका कर्मचारीले विज्ञप्ती जारी गरेका छन् ।
जन्मदर्ता सच्याउनका लागि बजगाई दाजुभाई वडा कार्यालयमा गएका थिए । आवेदकले नौ वर्ष अगाडि बनाएको जन्मदर्तामा बाबुको थरबाट जन्मदर्ता बनेको थियो । उक्त जन्म दर्ता तत्कालिन धरमपुर गाविस सचिव पूर्ण सम्सेर कुँवरले बनाइदिएका थिए ।
आवेदक बजगाईले अहिले आफ्ना नानीको जन्म दर्तामा आमाको थर पनि समावेश गर्न माग गर्दे निवेदन गरेका थिए । बजगाईकी श्रीमती कुईकेल हुन् । जन्म दर्तामा कुईँकेल थर समावेशका लागि बजगाईले वडाअध्यक्ष समक्ष निवेदन दिएका थिए । उक्त निवेदनमा वडा अध्यक्ष लक्ष्मी चेम्जोङ नियमानुसार जन्म दर्ता सच्याउन सचिव भट्टराईलाई तोक लगाएका थिए ।
वडा अध्यक्ष चेम्जोङले सच्याईदिनु भन्ने सचिवले नटेर्ने भन्दै बजगाई दाजुभाईले सचिव भट्टराई माथि मुक्का प्रहार गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जन्म दर्ता सच्याउन दर्ता भएको मितिले १ वर्षमा सच्याउन पाईने कानुनी प्रावधान छ । तर, ९ वर्ष अघिको काजगपत्र सच्याउन यतिवेला वडा सर्जमिन गर्नुपर्ने स्पष्ट व्यवस्था छ ।
कुटपिटबाट घाइते बनेका भट्टराईको झापाको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2आफू अनुकुल कागज नबनाइदिएको भन्दै शिवसताक्षी १ का वडासचिवमाथि कुटपिट
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img