Homeसमाचारबिर्तामोडकी बिष्टको हत्यामा संलग्न ५ जना सार्वजनिक

बिर्तामोडकी बिष्टको हत्यामा संलग्न ५ जना सार्वजनिक

भद्रपुर १७ जेठ । बिर्तामोड नगरपालिका वडा नं. ४ निवासी विष्णुकुमारी विष्टको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । गत बैशाख २६ गते हत्या गरिएकी विष्णको हत्या भएको २१ दिनपछि हत्यारामा संलग्न सार्वजनिक गर्न प्रहरी सफल भएको हो । प्रहरीले आज जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलनको आयोजना गरी विष्टको हत्यामा संलग्न ५ जनालाई सार्वजनिक गरेको हो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बिर्तामोड ४ का २२ बर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २० बर्षीया बर्षा राजवंशी, ३३ बर्षीय ज्याक भनिने भगिरथ माझी र अर्जुनधाराका ४३ बर्षिय धनबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ गरेका मध्ये गंगाप्रसाद राजवंशी हत्याको मुख्य योजनाकार रहेको जिल्ला जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीले जानकारी दिए । प्रहरी प्रमुख केसीका अनुसार सम्पतिको लोभमा चोरी गर्ने नियतले विष्टको हत्या गरेको अनुसन्धानमा खुलेको छ । अनुसन्धानका क्रममा महेश राजवंशीले मतियारको रुपमा काम गरेको र बर्षा राजवंशीले चोरी गरेको सामान लुकाउन सहयोग गरेको खुलेको बताइएको छ ।
त्यस्तै माझीले चोरी गरेका सामान विक्रीका लागि सहयोग पुर्याएको तथा कामीले चोरी गरेका सुनका गरगहना खरिद गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जनाएको छ । गत बैशाख २६ गते राति हत्या गरिएकी विष्टको हत्यामा संलग्नको खोजीका लागि प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कोशी प्रदेश अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालयकोसहित संलग्नतामा १४ जनाको प्रहरी टोलीले २० दिनको अध्ययन र अनुसन्धानपछि आरोपित पक्राउ गर्न सफल भएको जनाएको छ । हत्या पत्ता लगाउन प्रहरीको तालिम प्राप्त कुकुर समेत परिचालन गरेको थियो ।
विष्टको फलामे रड लगायतले हत्या गरी उनले लगाएका सुनका गरगहना र दराजमा राखेको अन्य सुन पैसा समेत चोरी गरी लैजाने नियतले हत्या गरेको प्रहरीले जनाएको छ । घट्नामा सम्वद्ध प्रमाण सुनको जन्तर, रेन्च मार्तोल सिक्री लगायतका सामग्री समेत प्रहरीले बरामद गरेको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडकी बिष्टको हत्यामा संलग्न ५ जना सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img