HomeFeatured 2लायन्स क्लव अफ स्मार्ट लेडीद्वारा आँखा दान

लायन्स क्लव अफ स्मार्ट लेडीद्वारा आँखा दान

बिर्तामोड १६ जेठ । लायन्स क्लव अफ स्मार्ट लेडी बिर्तामोडले मृत्यु पर्यन्त आँखा दान गरेका छन् । लायन्स लेडी बिर्तामोडका पदाधिकारी तथा सदस्यहरुले बुधवार (आज) बिर्ताबजारस्थित झापा नेत्रहीन संघको कार्यालयमा एक कार्यक्रमकाबिच नेत्रहीनका लागि आफ्नो आँखा दान गरेका हुन् ।
लायन्स लेडी बिर्तामोडकी अध्यक्ष अन्जु खड्का, जोन चियर पर्सन पार्वता गिरी, प्रथम उपाध्यक्ष मन्जु उप्रेती, दोस्रो उपाध्यक्ष मिरा खड्का, तेस्रो उपाध्यक्ष यशोदा उप्रेती, सचिव सरु भुर्तेल खनाल, लायन्स लेडीहरु पुनम घिमिरे र उनकी सासु पवित्रा घिमिरे, लीला दंगाल, लक्ष्मी आचार्य, शिला भट्टराई, गोमा खड्कालगायतले मृत्यु पर्यन्त आँखा दानका लागि स्विकृति दिएका छन् ।
सोही कार्यक्रमकाबिच नेत्रहीनलाई सहारा नेपाल साकोसले उपलब्ध गराएको सेतो छडी बितरण गरिएको थियो भने लायन्स लेडीले ब्रेल पेपरसमेत बितरण गरेको थियो । सहारा नेपाल साकोसका जेष्ठ सदस्य तथा लायन्सका प्रतिनिधिसहितले नेत्रहीनलाई २० वटा सेतो छडी र ब्रेल पेपर बितरण गरेका थिए । लायन्स क्लव अफ स्मार्ट लेडी बिर्तामोडकी अध्यक्ष अन्जु खड्काको अध्यक्षतामा भएको कार्यक्रममा लायन्सका डिस्टिक क्याबिनेट सेक्रेटरी लीला चिमरियाको प्रमुख आतिथ्य रहेको थियो । झण्डा अभिवादन तृतीय उपाध्यक्ष यशोदा उप्रेतीले गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष मन्जु उप्रेतीले गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि चिमरिया, सहारा नेपाल साकोसका जेष्ठ सदस्य तथा प्रतिनिधि मुकुन्द ढुङ्गाना, मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोरा, आँखा नानी संकलन केन्द्र इन्चार्ज पुन्यप्रसाद अधिकारी, झापा नेत्रहीन संघका अध्यक्ष होम नारायण राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन लायन्स लेडी बिर्तामोडकी सचिव सरु भुर्तेल खनालले गरेकी थिइन् । कार्यक्रममा लायन्स लेडी पार्वता गिरी, लायन्स डिस्टिक चीफ सत्यनारायण शर्मा, झापा नेत्रहीन संघका उपाध्यक्ष उत्तम खतिवडालगायतको आतिथ्य रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2लायन्स क्लव अफ स्मार्ट लेडीद्वारा आँखा दान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img