HomeFeatured 2पौडी खेल्न गएका धनराजले छोरालाई बचाएपनि आफू बाँच्न सकेनन्

पौडी खेल्न गएका धनराजले छोरालाई बचाएपनि आफू बाँच्न सकेनन्

मेचीनगर १५ जेठ । सार्वजनिक विदाको दिन आज झापा मेचीनगर ३ का शिक्षक धनराज भण्डारी पौडी खेल्न नजिकैको निन्दा खोलामा गएका थिए । उनका साथमा १२ वर्ष र ८ वर्षका दुई छोरा पनि थिए । चर्को गर्मीका कारण घरदेखि लगभग ढेड किलोमिटरको दुरीमा रहेको स्थानीय निन्दा खोलामा दुई छोरा समेत लिएर पौडी खेल्न गएका उनी सकुशल घर फर्कन सकेनन् ।
मेचीनगर–३ स्थित बडाखाल निवासी ४० वर्षीय शिक्षक धनराज भण्डारीले १२ वर्ष र ८ वर्षका २ जना छोराहरुलाई लिएर दोकानडाडा चोक पश्चिम निन्दा खोलामा दिउँसो पौडी खेल्न गएका थिए ।
पौडी खेल्ने क्रममा ८ वर्षीय कान्छा छोरा पौडी खेलेर छेउमा बसिरहेका थिए । जेठो छोरा पौडी खेल्ने क्रममा अलिक गहिरो ठाउँमा पुगेपछि पौडी खेल्न समस्या भएको बुबा धनराजले बुझे ।
छोरालाई सकस भएको बुझेपछि नजिकै रहेका बुबा धनराज छोरालाई बचाउँन खोलामा हाम्फाले । छोरालाई कसो कसो गरेर किनारमा धकेलेर पठाए पनि आफू भने निस्कन सकेनन् पानीमा डुवे ।
बुबा डुवेर पौडी खेल्न नसकेको थाहा पाएपछि छोराहरुले स्थानीयलाई हारगुहार गरे । स्थानीय पुग्दा धनराज बेहोस थिए, दिनको लगभग १ वजेको थियो ।
तत्काल स्थानीयले भण्डारीलाई उपचारका लागि बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा लगेको बाहुनडाँगी जेसिजका अध्यक्ष देबु बानियाँले बताए । तर उनलाई बचाउन सकेनन् । भण्डारीलाई साढे २ वजे अस्पतालले मृत घोषणा गरिदियो ।
भण्डारी नवज्योति माध्यमिक विद्यालयका शिक्षक समेत रहेका धनराजको बच्चाहरु बचाउँने क्रममा आफैं डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी मिमबहादुर लामाले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पौडी खेल्न गएका धनराजले छोरालाई बचाएपनि आफू बाँच्न सकेनन्
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img