भद्रपुर १५ जेठ । गणतन्त्र दिवस २०८१ को सन्दर्भमा झापाको चन्द्रगढीमा एकदिने बालविवाह तथा लागू औषध सम्बन्धि विराएको बाटो नामक जन चेतना मुलक नाटक प्रदर्शन गरिएको छ ।
भद्रपुर नगरपालिकाको सहयोग तथा सत्मिलन महिला समूह चन्द्रगढीको आयोजनामा विरेन्द्र माविमा सम्पन्न नाटकको उद्घाटन भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले गरेका थिए ।
कार्यक्रममा स्वास्थ्यको बिषयमा नर्सिङ अधिकृत उपमा शिवाकोटी र कानूनी प्राबधानका विषयमा कानून व्यवसायी भरत प्रसाईले सहजिकरण गरेका थिए । कार्यक्रममा विरेन्द्र मावि, प्रज्ञा एकाडेमी, विभूती विद्या मन्दिर लगायतका विद्यालयका विद्यार्थीहरुले नाटकमा भाग लिएका थिए ।
सत्मिलन महिला समूहकी अध्यक्ष एशोदा कँडेल कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल, ७ वडाका वडाध्यक्ष अध्यक्ष अभिषेख ढुङ्गाना गोविन्द लम्साल, छवि बराल, कृष्ण अनमोल लगायतले मन्तव्य राखेका थिए । सचिव मेनुका शर्माले संचालन गरेको कार्यक्रममा मन्जु दाहालले स्वागत गरेकी थिइन् । कार्यक्रममा समूह सल्लाहकार महेन्द्र कोईराला निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उर्मिला गौतम लगायतको सहभागिता रहेको थियो ।
चन्द्रगढीमा बालविवाह तथा लागू औषध सम्बन्धि चेतना मुलक नाटक प्रदर्शन

































































































