Homeसमाचारप्रेस युनियन स्थापना दिवसमा पुरस्कार वितरण

प्रेस युनियन स्थापना दिवसमा पुरस्कार वितरण

बितामोड १४ जेठ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले वर्तमान सरकार लोकतन्त्र, गणतन्त्र, संघीय शासन ब्यवस्था र प्रेस स्वतन्त्रता कुल्चदै जाने षड्यन्त्रमा लागेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रेस युनियन झापाले आयोजना गरेको शुभकामना आदान– प्रदान तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै उहाँले वहालवाला गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगीको विषयमा निरन्तर समाचार प्रकाशन गरिरहँदा नागरिकताको बहानामा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई पक्राउ गर्नु आश्चर्यजनक भएको बताउनुभयो ।
सभापति थेवेले नेपालमा लोकतान्त्रिक आन्दोलनमा जनमत संग्रह, सत्याग्रह, जनआन्दोलन–२०४६–०४७ र दोस्रो लोकतान्त्रिक आन्दोलन सफल पार्न पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाँईले नेपाल प्रेस युनियन आइएफजेबाट मान्यताप्राप्त पहिलो संगठन भएको स्मरण गर्दै युनियनको गौरवशाली इतिहास रहेको बताउनुभयो । प्रेस युनियनले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा कहिल्यै सम्झौता नगर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सचिव रेजिना गौतम, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष तारामणि सापकोटा, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भुजित दाहाल, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाई, प्रेस सेन्टर झापाका सचिव पुष्प खड्का, सञ्चारिका समूह झापाका अध्यक्ष लीला अनमोल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका अधिकांश बक्ताहरुले नेपाल पत्रकार महासंघको नजिकिएको निर्वाचनमा नेतृत्व चयन गर्दा सहमति, सहकार्य र एकताको नीतिलाई अंगीकार गरेर सहमतिमै नेतृत्व चयनका लागि भूमिका खेल्न प्रेस युनियनलाई आग्रह गरेका थिए ।
उनीहरुले विगतको तुलनामा सूचनाको पहुँच पत्रकार र नागरिक सँगसँगै रहेको बताउँदै नागरिक पत्रकारिताले उछिन्ने चिन्ता रहेकाले पत्रकारिताको ट्रेन परिवर्तन जरुरी रहेको धारणा राखेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियन झापामा स्थापित टंकप्रसाद–रमादेवी पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मी लुइँटेल र रमादेवी–टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कारबाट सञ्जु शिवाकोटीलाई
सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि थेवेले सम्मानपत्र दोसल्ला र नगद ११ हजार राशिसहित सम्मान गरेका थिए ।
उक्त पुरस्कार टंकप्रसाद र रमादेवी पाठकका छोराबुहारी यज्ञप्रसाद–शकुन्तला पाठक र ज्वाइ–छोरी कृष्णकुमार–टीकादेवी संग्रौलाले दुईबर्षअघि स्थापना गरिदिएका हुन् ।
प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानपत्र वाचन सल्लाहकार राजेन्द्र गौतम, स्वागत निवर्तमान अध्यक्ष इन्दु पूर्वेलीले गर्नुभएको थियो भने
सञ्चालन सचिव अर्जुन राजवंशीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रेस युनियन स्थापना दिवसमा पुरस्कार वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img