कालीस्थान १२ जेठ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ मा रहेको कालिकापीठ कालीस्थानको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको गेट उद्घाटन गरिएको छ ।
भारत सिलिगुडी निवासी काजल सरकार र उनकी श्रीमती मुनमुन सरकारले पराम्बा भगवतीको मुर्ति एवं भगवतिको बाहन सिहको प्रतिमासहितको गेट निर्माण गरिदिएका हुन् । भर्खरै निर्माण सम्पन्न भएको गेटको अर्जुनधारा नगरपालिकाका मेयर एवं कार्यक्रमका प्रमुख अतिथी बलदेवसिह गोम्देनले रिवन काटेर समुद्घाटन गरेका हुन् ।
कालिकापीठ कालीस्थानका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको सभापतित्वमा सप्पन्न कार्यक्रममा कालिका सस्कृत बिद्यापीठका प्राचार्य आचार्य रघुनाथ रिजाललगायतले मन्तब्य राख्दै दानवीर ब्यक्तित्वलाइ धन्यवाद ज्ञापन गर्दै आभार ब्यक्त गरे ।

दानवीर दाता काजल र मुनमुन सरकारलाइ सम्मान गरिएको कार्यक्रमको संचालन इन्दु पूर्वेलीले गरेकी थिइन् । कालिकापीठका उपाध्यक्ष कर्णबहादुर तामाङले कालीस्थानको ऐतिहासिक बिवरण प्रस्तुतिसगै स्वागत गरेको कार्यक्रममा सम्मानपत्र वाचन सचिब भोलानाथ पोखरेलले गरेका थिए । काजल सरकारको परिवारले यसअघि कालिकापीठ परिसरमा रहेको अक्षय बृक्षमुनि घेराबारा एवं नवद्वार निर्माण गरिदिएका थिए ।



















