भद्रपुर ८ जेठ । शसस्त्र प्रहरी बल नेपाल २ नं.गण झापाले १७ औं स्थापना दिवसको सन्दर्भमा १ जना समासेवीसहित २४ जनालाई सम्मान गरेको छ । गण परिषर चन्द्रगढीमा मंगलबार आयोजित कार्यक्रममा समाजसेवी ओम साई पाथिभरा अस्पताल भद्रपुरका अध्यक्ष दिपक पोखरेलसहित बहालवाला उत्कृष्ट प्रहरी कर्मचारी ७ जना, १३ जना खेलाडी, अवकाश प्राप्त ३ जना प्रहरीसहित २४ जनालाई सम्मान गरिएको हो ।
समाजसेवी पोखरेललाई प्रशंसा पत्र र खेलकुद लगायतका विभिन्न विधामा उत्कृष्टलाई मेडल र कदर पत्रले सम्मान गरिएको हो । सम्मानितलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वी पृतना हेडक्वाटरका इटहरीका डिआईजी शम्भु सुवेदी लगायतले सम्मान गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख सुवेदीले संगठनको निर्देशनमा रही देश र जनताको सेवामा समर्पित रहेर काम गर्दै सिमा सुरक्षामा सक्रिय भएर लाग्न प्रहरीलाई निर्देशन दिए।
विभिन्न देश प्रेमको झल्को दिने गित तथा नृत्य सहितको सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लाको सिमा सुरक्षालाई कडाई गर्दै सिमा केन्द्रीत कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
गण प्रमुख कविन्द्र राईले धन्यवाद ज्ञापन गरेको कायर्यक्रममा झापा क्षेत्रमा पर्ने खुल्ला सिमानाको क्षेत्रफल तथा सिमा स्तम्भ र सिमा क्षेत्रमा रहेका शसस्त्र प्रहरी बीटबारे समेत जानकारी गराइएको थियो । प्राप्त जानकारी अनुसार १ सय ४७ किलोमिटर खुला सिमा रहेको झापामा ९ सय ९५ सिमा स्तम्भ र २१ वटा शस्त्र विट रहेका छन् ।
शसस्त्र प्रहरी बलको १७ औं स्थापना दिवसमा २४ जनालाई सम्मान

































































































