HomeFeatured 2डा. दाहालका हिड्दाहिड्दै यात्रा काब्यसहित दुई कृति लोकार्पण

डा. दाहालका हिड्दाहिड्दै यात्रा काब्यसहित दुई कृति लोकार्पण

बिर्तामोड ५ जेठ । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच तीनवटा कृति लोकार्पित भएका छन् ।
डा. खगेन्द्रप्रसाद दाहालद्वारा लिखित दुईवटा प्रतिभा निकुञ्जका अध्यक्ष होम सुवेदीको अध्यक्षता तथा साहित्यकार गिरीराज जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कृति डा. दाहालद्वारा लिखित हिड्दा हिड्दै यात्रा काब्य र आकांक्षाका पाइलाहरु तथा मिना अधिकारीद्वारा लिखित अध्ययन अनुभूतिसहित तीनवटा कृतिको एकसाथ लोकार्पण गरिएको हो ।
डा. दाहालद्वारा लिखित बिमोचित कृतिमध्ये हिड्दाहिड्दैको समिक्षा डा. ठाकुर पोख्र्रेलले गरेका थिए भने आकांक्षामाथि जीवनाथ सुवेदीले समिक्षा गरेको कार्यक्रम सञ्चालक खगेन्द्रा खुसीले जानकारी दिइन् ।
दाहालद्वारा लिखित कृति हिड्दा हिड्दैमा विविध कारणले परदेशिएका छोराछोरी र उनीहरुलाई भेट्न जाने लागेका दम्पत्तीमध्ये आमाको मात्र भिषा लागेपछि आधा खुशी र आधा बेखुशीले ल्याएको साहित्यिक भाव अनि पुनः प्रयास गरेर दुई दम्पत्तीसंगै अमेरिका यात्रा गर्न पाउँदाको खुशी र अमेरिकामा डुल्दा, घुम्दा अनुभूति गरेका कुराहरुलाई कृतिकारले साहित्यको माध्यमबाट पुस्तकमा उतारेका छन् ।
त्यस्तै आकांक्षा कृतिमा आफ्नो जीवन भोगाई, जागिरे जीवनका क्रममा देश, काल, भौगोलिक परिवेश अनुसार देखिएका र भोगेका कुराहरुलाई समेटिएको छ ।
कोमल पोखरेल, पुण्यप्रसाद खरेल लगायतको आतिथ्यता रहेको कार्यक्रममा स्वागत विन्दु दाहाल र सञ्चालन खगेन्द्रा खुशीले गरेकी थिइन् । सो अवसरमा टिका भट्राई, रश्मी असफल, नुरज भट्टराई, गीता सुवेदी लगायतले लेखकको लोकार्पित कृतिमा समेटिएका कविता वाचन गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2डा. दाहालका हिड्दाहिड्दै यात्रा काब्यसहित दुई कृति लोकार्पण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img