बिर्तामोड ३ जेठ । सुन जस्तो पहेलो धातु देखाई ज्येष्ठ नागरिक र महिलालाई ठगी गरेको आरोपमा मोरङ उर्लाबारीका सन्जित शर्मा रहेका छन् । शर्मालाई दमक प्रहरीले दमक नगरपालिकामा अवस्थत हाट बजारबाट नियन्त्रणमा लिएको हो । जिल्ला उर्लाबारी नगरपालिका वडा नं. ५ का ३० वर्षीय शर्माको साथबाट सुन जस्तो देखिने ५६.३१० ग्राम धातु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विभिन्न मितिहरुमा सुन जस्तो देखिने पहेलो धातुको टिल देखाई नगद तथा महिलाहरुले लगाएका सुनका गर(गहनाहरुसँग सट्टापटा गरी ठगी गर्ने गरेको उजुरी पर्नुका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी यही जेठ २ गते दमक नगरपालिका वडा नं–६ स्थित पशुहाटबाट सुन जस्तो देखिने पहेंलो धातु सहितफेला पारी पक्राउ गरेको हो । पक्राउ परेका शर्मालाई थप अनुसन्धानका लागि आज जिल्ला अदालत झापामा म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका कृष्णबहादुर चन्दले जानकारी दिए ।
सुनजस्तो धातु देखाएर ठगी गर्ने एकजना दमकबाट पक्राउ



















