Homeविचारस्वीकार्न कठिन शाश्वत सत्य

स्वीकार्न कठिन शाश्वत सत्य

मृत्यु शास्वत सत्य हो, सहन गर्नुको कुनै विकल्प छैन  । भनिन्छ ,जन्म, विवाह र मृत्यु तीन कुरा मानिसको बसमा हुदैन । भाग्यमा जे लेखिएको छ सोही अनुसार सबै कुरा हुन्छ । र त्यही नै हामीले जीवनमा भोग्नु पर्छ ।
जन्म पछि मृत्यु निश्चित छ । यो कुरा सबैलाई अवगत भएको कुरा हो । कुनै नौलो र अनौठो कुरा होइन । यो क्रम निरन्तर दिन पछिको रात जस्तै चलिरहेको छ र चलिरहने प्रक्रिया हो । जन्म पछिको मृत्यु सृष्टी चल्नलाई नितान्त अपरिहार्य पनि हो । यस धर्तीमा हामी कोही अजम्बरी छैनौ  । निश्चित अवधि पुगे पछि यो संसारिक माया मोह,घर परिवार, आफ्नो आफन्त, साथी भाई, छरछिमेक, धन, सम्पत्ति सबै चटक्कै छोडेर रित्तै जान पर्ने संसारिक नियम नै हो । विधिको विधान जस्तो सुकै बलवान् र मै हु भनेर घमण्ड गर्नेले पनि घुँडा टेक्नै पर्ने । छुट कसैलाई छैन मात्र ढिलो र छिटोको कुरा हो  ।


यी सब कुराहरू सत्य हुदाहुदै पनि यो मनले चै किन किन आफ्ना र प्यारा मानिसहरू गुमाउन नपरोस् भन्छ । तर यो असंभव कुरा हो । जीवन रूपी लिला कति बेला, कहाँ पुगेर कहिले र कसरी अन्त्य हुन्छ भन्ने कुरा थाहै नपाईने रहेछ।
मानिसको जीवनको केही भर रहेनछ । आ आफ्नो भाग्यको लेख अनुसार मिति पुगे पछि अहिले जान्न ,भरे या भोलि जान्छु , काम सकिएको छैन ,घर परिवार, छोरा छोरी माथीको मेरो कर्तव्य तथा जिम्मेवारी बाँकी नै छ भनेर आलटाल गर्न नमिल्ने रहेछ । याचना , विन्तीपत्र तथा भनसुनले काम नगर्ने रहेछ ।
अचानक , आकस्मिक रुपमा समाज ,घर ,तथा परिवारका सदस्य,या आफन्तको असामयिक मृत्युका घटनाले मानिसको जिन्दगी आखिर के नै रैछ र ? बाँचुन्जेल गरिने यो दौडधुप,रिस ,लोभ ,मोह क्रोध ईरशया किन र के लागि ? धन र सम्पति कसका लागि ? घमण्ड के का लागि ? जस्ता कुराहरूले पश्चताप , आत्मग्लानी बोध गराउँछ।
सृष्टिको सर्व श्रेष्ठ प्राणी मानिस । सुन्दर संसारमा साथी भाई घर परिवार , आफ्नो आफन्त, इष्टमित्र, छरछिमेकमा रहेर रमाइलो संग जीवन व्यतित गरिरहेका बेला जब एकाएक नजिकका पृय ब्यक्तिले भौतिक संसार छोडेर कहिले नफर्कने बाटो जादा त्यस पश्चात उ कहाँ जान्छन् होला ? भोगेका संसारिक कुराहरु याद हुन्छ कि हुँदैन होला । भन्ने अनेकौं प्रश्नहरु मनमा खेल्न शुरू हुन्छ।
संगै खाँदै ,बस्दै ,अनैकौ साईनो, जिम्मेवारी अनुसार सुख तथा दुख एक साथ निभाउदै आएको प्यारा साथहरू कहिले नभेट्ने गरी छुट्दा परिवार, आफन्त र छरछिमेकमा के बित्छ ?  । बियोगका पिडाले के कस्ता स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छन् ?
जीवन भोगाइका क्रममा हामीले हाम्रा आखै अगाडि घरका सदस्य नजिकका व्यक्ति देखि लिएर आफन्त , नाता गोता, प्यारा साथीहरू, छरछिमेक धेरै गुमायौ । सपना जस्तै गरी नचाहदा नचाहदै आत्मिय तथा पृय साथीहरूसंग कहिले नभेट्ने गरी छुटे। कयौं पटक टुटयौ। मृत्युबरण कै क्रमका कारण हामीले हाम्रा अग्रजहरु देख्न पाएनौं । पुस्ता हस्तान्तरण क्रम चलिरहेको छ। मानिस विभिन्न गुणहरूले सम्पन्न छन् । विवेकशीलता , सृजनशीलता ,उधमशीलता , सामाजिक भावना , माया ,दया, घृणा,अंहकार, घमण्ड, ईर्शया जस्ता सबै गुणहरु हुन्छन् । विज्ञान र विकासको आजको युगको देन पनि मानवको अनुसन्धान र आविष्कारबाट नै सफल भएको हो ।
सबै कुरा मानिसले योजना बनाएर गर्न सक्छ । योजना बमोजिम काम गर्दा सफल पनि भएको पाइन्छ । शैक्षिक स्तर, पदोन्नति , बसोबास , जीवन यापन, घुमफिर सबै आफ्नो इच्छा अनुसार गर्न सक्दछ । तर बिडम्बना मृत्यु भने उसको अधिन बाहिर पर्ने कुरा रहेछ । टारेर नटेर्ने एक तितो सत्य रहेछ । खाली हात आउनु छ , खाली हात नै जानु छ । एक्लै आउनु छ। एक्लै जानु छ । राजा होस् रैती । जाने त आखिर उही घाट नै रहेछ। आइपरे पछि सबै सहन गर्नै परने रहेछ । मृत्यु सहन गर्नुको विकल्प अरु केही रहेछ। आखिर हुने त खरानी नै रहेछ ।
त्यसैले सक्छौ , बांचिन्जेल सबैका भलो हुने राम्रा काम गरौ , सकरात्मक सोच राखौ, विश्वका हामी मानव एकै परिवार हौं । सके सम्म कसैको मन नदुखाउ , कसैलाई भावनामा चोट पुर्याउने जस्ता गतिविधि कहिल्यै नगरौ । जति बाँचिन्छ । हासेर बाचौं । सहयोगी बनेर बाचौ । शरीर मरेर गए पनि नाम जीवित राख्ने काम गर्ने प्रयास गरौं ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विचारस्वीकार्न कठिन शाश्वत सत्य
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img