मल्ल लक्ष्मी श्रेष्ठ (मेची किनार)
म कति हिड्नु जिन्दगीलाई दाउमा राखेर।
पटक पटक नेलकडी पाउमा राखेर।
खेदोपाईलो गरिरहन्छ गरिविले पनि।
बिदेसिएँ खेतबारी साहुको नाउमा राखेर।
मुटुमा लागेको चोट नदेख्दो रैछ कसैले
देखियोस् कसरी नदेखिने ठाउमा राखेर।
माया मोह त लाग्छनी मलाई गाउँ घरको
छाडी जानू पर्यो मायामोह गाउँमा राखेर।
पोल्छ छाती जल्छ मुटु भतभती गरि
कति सहँ नुन/खुर्सानी घाउमा राखेर।
बिर्तामोड झापा