बिर्तामोड १० चैत । कथाकार जनार्दन कट्टेलद्वारा लिखित कथा संग्रह ‘पाहुना’ को शनिबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । लेखक संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षता तथा प्राज्ञसभा सदस्य मुनाराज शेर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शेर्मासहित अतिथिहरुले सामुहिक रुपमा कृति लोकापर्ण गरेका थिए ।
नेपाली लेखक संघ झापाको आयोजनामा बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषाको सभाहलमा एक कार्यक्रमका बीच बिमोचित कृतिमाथि कथाकार कर्णबहादुर नेपालीले समिक्षा गरेका थिए । कथाकार कट्टेलको नव विमोचित कृतिले नेपाली समाजले परम्परादेखि अहिलेसम्म समाजले भोग्दै र अनुभव गर्दै आएका यथार्थहरुलाई शब्द चित्रमा समेटिनुका साथै साहित्यमा आलोचना गर्नुहुन्न भन्ने मानसिकताबाट माथि उठ्नका लागि पनि प्रेरित गरेको समिक्षाका क्रममा कथाकार नेपालीले स्पष्ट पारे ।
सो अवसरमा प्राज्ञसभा सदस्य मुनाराज शेर्मा, पूर्व प्राध्यापक लेखनाथ भट्टराई लगायतले पुस्तकबारे चर्चा गरेका थिए । कार्यक्रममा रश्मीशेखर सुवेदीले स्वागत गरेको समिर कट्टेलले जानकारी दिए ।
जनार्दन कट्टेलको कथा संग्रह ‘पाहुना’को बिमोचन



















