दमक १० चैत । झापाको दमक नगरपालिका–२ स्थितमा पैनीमा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय कमल धिमाल रहेका छन् । शुक्रबार दिउँसो ११ बजे धिमालले सोहि ठाउँमा रहेको पैनीमा भैंसीलाई पानी खुवाउने क्रममा अचानक डुबेर घाईते भएका थिए । घाईते उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएको थियो । धिमालको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



















